२३ भाद्र २०८१, आईतवार

बलान-बिहुल गाउँपालिकाकी पूर्वउपाध्यक्ष रुवी गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहर

0

सप्तरी / जिल्लाको बलान बिहुल गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष रुवी गुप्ताविरुद्ध परेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ ।

विशेष अदालतका न्यायाधीश यमुना भटराई, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको संयुक्त इजलासले भ्रष्टाचार मुद्दामा बुधबार उपाध्यक्ष गुप्तासहित ९ जनालाई नै दोषी ठहर गरेको हो ।

बलान बिहुल गाउँपालिकाको वडा नम्बर ४ को भवन निर्माणमा निवर्तमान उपाध्यक्ष गुप्तासहित ९ जनाले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ साल वैशाख ४ गते विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।

उनीहरूले वास्तविक रुपमा काम भएको भन्दा फरक पारेर नापी किताबमा बढी रकम देखाएर वडा कार्यालय निर्माणमा भ्रष्टाचार गरेको बिशेष अदालतले ठहर गरेको छ ।

उक्त मुद्दामा गुप्तासहित तात्कालीन प्रमुख प्रसासकीय अधिकृत महेशकुमार यादव, योजना प्रमुख रमेश मरिक यादव, सह लेखापाल सुभाष चन्द्र लाल, प्राविधिक शाखा प्रमुख सन्तोषकुमार रजक साथै उपभोक्ता समितिका पदाधिकारीहरूलाई पनि विशेष अदालतले दोषी ठहर गरेको हो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।