७ जेष्ठ २०८१, सोमबार

नेकपा ललितपुरका नेता श्याम वज्राचार्य ३७ महिना पछि रिहा, पार्टीद्वारा स्वागत

0

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ललितपुरका युवा नेता सानुराज बज्राचार्य ‘श्याम’ ३७ महिनापछि रिहा भएका छन्। बज्राचार्य आईतवार ललितपुरको नखु कारागारबाट रिहाइ भएका हुन्।

उनलाई हातहतियार खरखजाना तथा विस्पोटक पदार्थ सम्बन्धि आरोपमा पक्राउ गरी मुद्दा चलाईएको थियो। जिल्ला अदालत ललितपुरले उनलाई ३ वर्ष १ महिना सजाय र ३५ हजार रुपैयाँ जरिवाना भुक्तान गरिसकेको भन्दै आज रिहाई गरेको थियो।

उनलाई नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज विपिन सी लगायत ललितपुर जिल्लाका नेता कार्यकर्ताहरुले रिहाइ लगत्तै नखु कारागार बाहिर अबिर र खादा लगाएर स्वागत गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।