१२ श्रावण २०८१, शनिबार

बागलुङका पन्तलाई डाईनामक एजुकेशन लिडर अवार्ड

0

६ साउन, बगालुङ/लामो समयदेखि बिद्यालय तथा विश्वविद्यालयको शिक्षण पेशामा संलग्न रही विशेष योगदान पुर्‍याएको भन्दै बागलुङका विजय राज पन्तलाई डाईनामक एजुकेशन लिडर अवार्ड प्रदान गरिएको छ ।

एक्जिटो एजुकेसन, अष्ट्रेलियाद्वारा सिङ्गापुर र मलेसियामा आयोजित ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३’ मा उहाँलाई उक्त अवार्ड प्रदान गरिएको हो । एक्जिटो इभेन्ट्सको ब्यबस्थापन तथा अनुजा मिडिया नेपालको संयोजनमा सम्पन्न कार्यक्रममा नेपालबाट शिक्षा क्षेत्रमा योगदान दिएका ३३ जना कलेज, स्कुलका प्रिन्सिपल, शिक्षक, सन्चालक तथा संस्थाहरुलाई एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३ द्वारा सम्मानित गरेको थियो । २३ जनामध्ये बागलुङबाट पन्तलाई उक्त अवार्डले सम्मान गरिएको हो ।

सिङ्गापुर र मलेसियामा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि रहेका लिंकन युनिभर्सिटीका प्रो. चान्सलर प्रोफेसर दातुक डाक्टर हज्जा बीबी फेलिरना अब्दुलहा र एक्जिटो एजुकेसनका निर्देशक सचेत वीदीजन लगाएतले संयुक्त रुपमा अवार्ड पन्त सहित अन्य अवार्ड प्राप्त गर्नेहरुलाई उक्त अवार्डले सम्मान गरेका थिए ।

कार्यक्रममा नेपालभरिबाट छनोटमा परेका विभिन्न कलेज, स्कुलका संचालक, सिक्षक तथा प्राचार्य/ प्रिन्सिपलहरुलाई शिक्षा क्षेत्रको विकासमा पुर्‍याएको योगदानलाई कदर गर्दै उक्त अन्तरराष्ट्रिय अवार्ड प्रदान गरेको हो ।

एक्जिटो एजुकेसनका निर्देशक सचेत वीदीजनले देशभर उत्कृष्ट मध्यबाट गरिएका ५०० संस्था तथा व्यक्ति प्रारम्भिक रुपमा छनौट गरी थप अध्ययनका आधारमा शिक्षा क्षेत्रको विकासमा उलेख्य योगदान पुर्‍याएका ३३ वटा कलेज,स्कुलका संचालक, शिक्षक, प्रिन्सिपल, निर्देशक तथा संस्थाहरुलाई छनोट गरी सम्मान गरिएको बताए । सम्मानित व्यक्तिहरुलाई अवार्ड,मेडल र सम्मान पत्र प्रदान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।