५ जेष्ठ २०८१, शनिबार

लालमती

0

यो निदाउने समय होइन
लालमती तिमी जागै बस
अँध्यारो रात चिरेर बिहानी भेट्नु छ
तिमी अँध्यारोसँगै हिँड
हिँडने बाटाहरुमा
कतै अवरोधहरु आउन सक्छन्
त्यो पनि तिमी आफैले तोड
तिमी तिमी भित्रैबाट जाग
तिमी एकपटक आँट
तिमी थाकेको सुहाएन
तिमी मशाल बालेर उठ
हो लालमती तिमी जागै बस
आमाहरूको लागि योद्धा छोरी बन
छोरीहरुको लागि आँटिली आमा बन
बैनीहरुको लागि बहादुर दिदी बन
दिदीहरुको लागि भरपर्दो बहिनी बन
लालमती तिमीले आफैलाई
आफै भन देश बदल्नु छ उठ लालमती उठ
परिवर्तनको लागि जुट समयले तिमीलाइ
भन्दै छ
पखेटाहरुमा जेलिएका
बन्धनहरु छिनाएर हिँड
एकचोटि फेरि खुल्ला आकाशमा
कावा खाँदै पखेटा फिँजाएर उड
लालमती तिमी जागै बस
बिद्रोहको झन्डा उठाँउदै जाउ
तिम्रो बलिदान बचाउँदै जाउ
जित तिम्रै हुनेछ
आउ खुल्ला मैदानमा आउ
आफूलाई लालमतीबाट
परिवर्तनकारी योद्धा बनाउ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।