२१ बैशाख २०८१, शुक्रबार

नेपाली क्रान्ति पुरा गर्न अन्तराष्ट्रिय विभागको काँधमा ऎतिहासिक जिम्मेवारी

0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता एबम अन्तर्राष्ट्रिय विभागका इन्चार्ज प्रकाण्ड सी ले एकीकृत जनक्रान्ति पुरा गर्न अन्तराष्ट्रिय विभागको काँधमा ऎतिहासिक जिम्मेवारी आएको बताएका छन। नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यालय बुद्धनगरमा शनिबार बिहान बसेको बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सी ले सो कुरा बताएका हुन्।

प्रवक्ता प्रकाण्ड सी ले अन्तर्राष्ट्रिय विभाग पार्टीको महत्वपूर्ण बिभाग भएको उल्लेख गर्दै यसले पार्टीको बिचार , पार्टीको राजनीतिक र संघर्षको लाइन , पार्टीको नीति र कार्यक्रमलाई अन्तर्राष्ट्रीय कारण गर्ने , अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा यसको सम्प्रेषण गर्न र त्यस बिषयमा छलफल र बहस चलाउने दायित्व भएको बताए। उनले क्रान्तिकारी पार्टीको निम्ति अन्तर्राष्ट्रिय बिभाग भनेको देशको क्रान्तिको पक्षमा अन्तर्राष्ट्रिय समर्थन जुटाउने र वातावरण बनाउने भएको उल्लेख गर्दै बिश्व साम्राज्यवाद बिरुद्धको अन्तर्राष्ट्रिय मोर्चा भएको बताए।

प्रवक्ता प्रकाण्ड सी ले राष्ट्र र जनताको जीवनमा चरम संकट पैदा भएको बताउदै यसको क्रान्तिकारी निकासको निम्ति पार्टीले समाजवादी मोर्चा मार्फत नयाँ बिचार आगाडी सारेको बताए । उनले नेपाल कम्युनिस्ट पार्टी , नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा मिलेर समाजवादी मोर्चा नेपाल गठन भएको उल्लेख गर्दै समाजवादी मोर्चामार्फत पार्टीले क्रान्तिकारी पहल अगाडी बढाएकोले राष्ट्रिय राजनीति , अन्तर्राष्ट्रिय जगत र भाइचारलाई सम्प्रेषण गर्ने कार्यमा पार्टीको अन्तर्राष्ट्रिय विभागको बिशेष जिम्मेवारी भएको बताए।

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता एबम अन्तर्राष्ट्रिय विभागका इन्चार्ज प्रकाण्ड सी को अध्यक्षतामा बसेको उक्त बैठकले एकीकृत जनक्रान्ति पुरा गर्न भाईचाराको बीचमा छलफल र बहस चलाउने , कम्युनिस्ट देशहरुसंग राजनीतिक र कुटनीतिक सम्बन्ध बढाउने , साम्राज्यवाद बिरोधि देशहरुसंग सहकार्यको वाताबरण बनाउन पहल गर्ने , बिश्व साम्राज्यवाद र बिश्व पुँजीवाद बिरुद्ध साझा संघर्षको निम्ति पहल गर्ने , र प समाजवादी मोर्चा मार्फत अगाडी सारेको क्रान्तिको नयाँ मोर्चालाई अन्तर्राष्ट्रिय जगतमा छलफल , बहस र अन्तरक्रिया मार्फत प्रष्ट्याउने निर्णय गरेको बताइएको छ।

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता एबम अन्तर्राष्ट्रिय विभागका इन्चार्ज प्रकाण्ड सी को अध्यक्षतामा बसेको उक्त बैठकमा खगेश्वर सी , बिष्णु सी, नरेन्द्र सी र शंकर सी को सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।