६ जेष्ठ २०८१, आईतवार

महासंघको सदस्यता शुद्धिकरण र वितरणमा भएको गडवडी विरुद्ध खबरदारी गरिने

0

१३ साउन,काठमाडौ । जनपत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघको सदस्यता सुद्धिकरण र नयाँ सदस्यता वितरणमा देशभर भईरहेको गडबढी विरुद्ध दबाबमुलक संघर्ष गर्ने निर्णय गरेको छ ।

शनिबार जनपत्रकार संगठन नेपालको केन्द्रीय समितिको बसेको भर्चुल बैठकले यस्तो निर्णय गरेको हो ।
देशभरबाट बैठकमा सहभागी जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्यहरुले आ आफ्नो कार्यक्षेत्रको रिपोर्ट पेश गर्ने क्रममा पत्रकार महासंघको सदस्यता सुद्धिकरणमा आफ्ना क्रियाशिल पत्रकार साथीहरुको नाम हटाईएको र नयाँ सदस्यता प्राप्तिको लागि आवेदन दिएका साथीहरुको प्रदेश सम्म सिफारिस नगरिएको बताएका थिए ।

रिपोर्टकर्ताहरुले प्रेस युनियन,प्रेस चौतारी लगायतका अन्य संगठनमा आबद्ध भएका र क्रियाशिल नभएकाहरुलाई सुद्धिकरणमा नाम नहटाईएको र अहिले पनि पत्रकारिता पेशामा सक्रिय नभएकाहरुलाई जम्बो टिम बनाएर प्रदेशमा नाम सिफारिस गरिएको बताएका थिए ।

रिपोर्ट पेश गर्ने अधिकांस केन्द्रीय सदस्यहरुले नेपाल पत्रकार महासंघमा जनपत्रकारहरुलाई यस्तै विभेद भइरहने हो भने गम्भीर भएर संगठनले सोच्नु पर्ने सुझाव दिएका थिए ।
केन्द्रीय सदस्यहरुको रिपोर्ट पछि बैठकले देशभरका जिल्लाहरु र प्रदेशहरुमा जनपत्रकार संगठनमा आबद्ध र पत्रकारितामा क्रियाशिल साथीहरुलाई सदस्यता दिलाउन पत्रकार महासंघ समक्ष पहल गर्ने र यदि वेवास्ता गरिए महासंघको कार्यालय घेराउ देखि तालावन्दी गर्ने निर्णय गरेको छ ।
जनपत्रकार संगठन नेपालको धैर्यतालाई वेवास्ता नगर्न पनि केन्द्रीय समितिको वैठकले नेपाल पत्रकार महासंघलाई अनुरोध गरेको छ ।

बैठकले संगठन सुदृढ तथा विस्तार गर्ने, तालिम हुन वाँकी प्रदेशमा प्रदेश स्तरिय आधारभूत पत्रकारिता तालिम संचालन गर्ने र भदौ सम्म केन्द्रीय तहमा एड्भान्स लेबलको खोज पत्रकारिता तालिम संचालन गर्ने यसअघिको सचिवालय वैठकको निर्णयलाई लागू गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले नेपालमा दलाल संसदीय व्यवस्थाको सफलताका कारण चार दल सम्वद्ध समाजवादी गणतन्त्रमा पुग्न समाजवादी मोर्चा बनेको निश्कर्ष निकाल्दै चार दल सम्वद्ध पत्रकार संगठनहरुबीच पनि समाजवादी पत्रकार संगठन बनाउनेबारे पहल गर्ने निर्णय गरेको छ । जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेरवहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न भर्चुअल बैठकमा देशभरका करिव ३ दर्जन केन्द्रीय सदस्यहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।