३ जेष्ठ २०८१, बिहीबार

संसदीय व्यवस्थामा जाने कुरा छैन, यो व्यवस्था गलिसक्यो :  शितल सी

0

दाङ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य शितल सीले पार्टी कुनै हालतमा संसदीय व्यवस्था नजाने प्रष्ट पारेका छन् ।

नेकपा पश्चिम दाङको उत्पादन कार्यको आवधिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै नेता शितल सीले उक्त कुरा बताएका हुन् ।

जिल्ला पार्टीको उत्पादन कार्यको आवधिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै नेता शितल सीले भने – ‘हामी संसदीय व्यवस्थामा जाने कुरा छैन , संसदीय व्यवस्था फेल भइसक्यो , सिद्धिसक्यो , हरायो , गल्यो । यो व्यवस्थाबाट नेपाली जनतालाई केही फाइदा छैन त्यसकारण समाजवाद निर्विकल्प व्यवस्था हो ।’

साम्राज्यवादका विरुद्धमा लड्नलाइ पार्टीका महासचिव विप्लवको पहलकदमीमा समाजवाद मान्ने शक्तिहरुबिच समाजवादी मोर्चा बनेको हो , उनले थपे, ‘कांग्रेसले पनि समाजवाद भन्छ , भनेर मात्रै हुँदैन समाजवाद मान्ने हो भने साम्राज्यवादका विरुद्ध लड्नुपर्छ काँग्रेस पनि मोर्चामा आउन लायक हुन्छ र सम्भव पनि छ । सामाजवादी मोर्चामा आउन सबै कम्युनिस्टलाई अनिवार्य छैन तर राजनितिक महत्वलाई बुझेर आउनुपर्यो । साम्राज्यवादका विरुद्ध लड्ने र समाजवादको अगाडीको बाटो पकड्ने गरि मोर्चा बनेको हो ।’

उत्पादन मार्फत पार्टीलाई आत्मनिर्भर बनाउदै रोजगारका लागि बिदेशका लागि लाइन लाग्ने बेरोजगार युवाहरुका लागि नेपालमै श्रम गर्ने वातावरण बनाउनका लागि उत्पादन कार्यको सुरुवात गरेको नेता शितल सीको भनाइ थियो ।

जिल्ला पार्टीको उत्पादन कार्यको आवधिक समिक्षा गर्दै नेता शितल सीले देश , पार्टी र जनतालाई आत्मनिर्भर बनाउन थालिएको भन्दै अभियानमा सामान्य सोचाई नभएको बरु यो देशलाई आत्मनिर्भर बनाउने उदेश्यसंग जोडिएको समेत बताए ।

उनले भने – ‘सामुहिक काममा औपचारिकता मात्रै पूरा गरेको जस्तो परिपाटीको अन्त्य गर्नुपर्छ । व्यक्तिगत काममा मरिमेटि लाग्ने र सामुहिक काम भनेपछी झारा टार्ने परिपाटीको अन्त्य हुनुपर्छ । पार्टीको निर्देशनमा सामुहिक उत्पादनलाई जोश,जाँगरका साथ पूरा गर्नुपर्छ ।’

जिल्ला पार्टीद्वारा संचालित उत्पादन कार्यको बारेमा बोल्दै नेता शितल सीले पार्टीले सहकारीको माध्यमबाट २५ बिघामा जनसमुदायलाई जोडेर उत्पादन गरिरहेको , ३ बिघामा मकै खेती , घोराहीमा ६ बिघामा धान उत्पादन सहित दाङमा मात्रै करिव ४० बिघामा उत्पादन कार्यमा लागेको समेत बताए ।

अहिलेको उत्पादन नाफामा जाने सम्भावना कमै भएको तर यो वर्षको उत्पादनले पार्टीपंक्तिमा खाना पुग्ने र नाफामा जानका लागि आगामी वर्षका उत्पादनका लागि यो वर्षबाट शिक्षा लिइने समेत नेता शितलको भनाई थियो।

उत्पादन कार्यको आवधिक समीक्षा कार्यक्रमको सन्दर्भमा नेकपा पश्चिम दाङले पार्टीद्वारा तुलसीपुर -१६ कन्ज्वारमा उत्पादित धान खेतीको गोडमेल समेत गरेको हो ।

उत्पादन कार्यको आवधिक समीक्षा कार्यक्रमको अध्यक्षता नेकपा पश्चिम दाङका सचिव निर्मल सीले गरेका थिए भने सञ्चालन नेकपा पश्चिम दाङका उत्पादन बिभाग प्रमुख धर्ती सीले गरेका हुन् ।

नेकपाका केन्द्रीय प्रतिनिधि समितिका सदस्य एवम राप्ती ब्युरो कार्यालय सचिव विकाश सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सम्बोधन नेकपाका पोलिट्ब्युरो सदस्य शितल सी र नेकपाका केन्द्रीय सदस्य एवम पार्टी पश्चिम दाङका इन्चार्ज प्रदिप सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।