७ जेष्ठ २०८१, सोमबार

नेकपा केन्द्रिय समिति बैठकमा समुहगत धारणा राख्ने क्रम सकियो

0

कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टीको जारी केन्द्रिय समिति बैठकमा महासचिव विप्लवद्वारा प्रस्तुत- “नयाँ कार्यभारका लागि आफैलाई सुदृढ गरौं,क्रान्ति लाई पकडौ र सम्पुर्ण क्षेत्रमा पहल कायम गरौं ” शीर्षकको २२ पृष्ठ लामो लिखित प्रस्ताव माथी समुहगत धारणा राख्ने क्रम सकिएको छ।आइतबारबाट शुरु भएको बैठकमा १३ केन्द्रिय नेताहरुले महासचिव विप्लवको प्रस्तावमाथी समुहगत छलफल गरि धारणा राखेका छन।

बैठकमा केन्द्रिय नेताहरू संगम सी, विकिरण सी, बिराट सी,विकल्प सी,समर सी, जोखिम सी,सविन सी,सुमनसिंह सी,शेरबहादुर सी, चिरञ्जीवी सी,प्रकाश सी,र होम सीले दस्तावेज माथीको छलफलमा समुहगतको धारणा राखेका थिए।

महासचिव विप्लवद्वारा प्रस्तुत प्रस्ताव मसिनो गरि आएको , पार्टीका बर्तमान कार्यभारलाई ठिक ढंगले पक्रदै आन्दोलनको उज्ज्वल संभावना बोकेको,पहिलो ६ महिने आवधिक योजनाको वस्तुनिष्ठ समिक्षा गर्दै आगामी कामहरूबारे ठोस रूपमा योजना अगाडि सारिएको उनिहरुले बताएका छन।

जारी बैठक भोलि बिहान ८ बजेबाट शुरु हुने र दस्तावेज माथी उठेका बिषयहरु तथा नयाँ योजनाको मुख्य पक्षबारे महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड लगाएतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।