४ आश्विन २०८१, शुक्रबार

नेकपा केन्द्रिय समितिको चौथो बैठक आज सम्पन्न

0

कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय समितिको चौथो पूर्ण बैठक आज सम्पन्न भएको छ।नेकपा केन्द्रिय कार्यालय कपिलवस्तुमा आइतबार देखि शुरु भएको बैठक आगामी ६ महिने दोस्रो आवधिक योजना निर्माण गर्दै सम्पन्न भएको हो।

नवौं केन्द्रिय समितिको चौथो पूर्ण बैठकले अघिल्लो आवधिक योजनाको समिक्षा गरेको छ ।त्यस्तै , बैठकले आगामी योजना अन्तर्गत बिचार, राजनीति , संगठन, संघर्ष,जनपरिचालन लगाएतका निर्णयहरु गरेको बताइएको छ।

बैठकमा एमसीसी विरुद्धको संघर्स,महङ्गी, भ्रष्टाचार , मानव तस्करी , दलित / श्रमिक समुदाय र महिलाहरु माथी भैरहेका हिंसा र उत्पीडन विरुद्ध संघर्ष गर्ने निर्णय समेत गरेको छ भने बैठकको अन्तमा समाजवादी क्रान्ति जिन्दावाद , एकीकृत क्रान्ति जिन्दावाद , अमेरिकी हस्तक्षेप मुर्दाबाद, एमसीसी मुर्दाबाद जस्ता नारा लगायपछी महासचिव विप्लवले बैठकको समापन गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।