८ मंसिर २०८१, शनिबार

नयाँ कम्युनिस्ट अध्ययन कार्यशालाबारे

0

                 भरत सी

“जब नयाँ भौतिक अवस्थाहरु अस्तित्वमा देखा पर्दछन्, तब नयाँ विचार र सिद्धान्तहरु पनि स्वभावतः उदय हुन्छन, यही सत्य माक्र्सवाद आफैमा लागू हुन्छ ।” (‘माक्र्सवादी–लेनिनवादी–माओवादी आधारभूत’ पाठयक्रमबाट) ।

“हाम्रो जनप्रिय पार्टी एकीकृत जनक्रान्तिको अजम्बरी मशाल बोकेर विश्व क्रान्ति र नेपाली क्रान्तिका नविन प्रश्नहरुको जवाफ दिन साम्यवादी क्रान्तिको मञ्चमा खडा छ ।” (नेकपाको नवौ महाधिवेशनको राजनीतिक प्रतिवेदन २०७९ बाट) ।

भूमिका
नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिको नयाँ कम्युनिस्ट अध्ययन कार्यशाला (क्अजययष्लिन) संचालन गर्दै आइरहेको छ । यो कुन आधारमा, के कारणले नयाँ हो ? यसले पार्टी र जनतालाई कुन विषयमा कसरी प्रशिक्षित गरिरहेको छ ? पुरानो कम्युनिस्ट स्कुलका राम्रा र नराम्रा पक्ष के हुन ? यसबारे छलफल गर्न आवश्यक छ ।

दृष्टान्त
२०८० असार २७ गते मध्यान्ह हाम्रो बाहन (हामी पेरिसडाडामा क. सीतालाई श्रद्धाञ्जली दिएपछि स्वयम्भू गएर क. देव सीको आमा पद्मा कुमारीलाई श्रद्धाञ्जली दिएर फर्किंदै थियौ ।) भद्रकालीबाट तल लागेपछि जाममा प¥यो । हाम्रो सम्मुख रहेको सिंहदरबारको चर्चा भयो । यसबारे महासचिव विप्लव सीबाट केही कुरा सुनियो । थप जानकारी लिन हामीले ‘गुगल’ को सहयोग लियौ र आधारभूत जानकारी हासिल ग¥यौं । त्यसपछि हामीले ‘पठाओ’ ले दिएको सुविधाको चर्चा गर्दै अघि बढ्यौं । अहिले गुगलगुरुका कारण हामीभन्दा हाम्रा बच्चाहरु धेरै जान्दछन् । जुन कुरा माक्र्सदेखि माओको पालासम्म थिएन र यसबारे उनले केही बताएका छैनन् ।

पुरानो स्कुल
पुरानो कम्युनिस्ट स्कुलको कुरा गर्दा, अन्तर्राष्ट्रिय र राष्ट्रिय सन्दर्भ जोडेर हेर्दा अन्तर्राष्ट्रिय रुपमा कम्युनिस्ट स्कुलले पुँजीवादभन्दा हर क्षेत्रमा कम्युनिस्ट समाजवाद श्रेष्ठ छ भन्ने तथ्यलाई पुष्टि गर्न सफल भयो । जुन ठूलो उपलब्धी र सकरात्मक पक्ष हो भने समाजवादको रक्षा गर्न नसक्नु त्यसको सीमा, नकरात्मक पक्ष र अपूर्णता हो । नेपालको सन्दर्भमा पुरानो कम्युनिस्ट स्कुलले कम्युनिस्टको विस्तार गर्दै लोकप्रिय बनाउनु, देशको ६० प्रतिशतभन्दा माथि कम्युनिस्ट जनमत तयार गर्नु मुख्य उपलब्धी र सकरात्मक पक्ष हो भने यति हुँदाहुँदै पनि कम्युनिस्ट लक्ष्य प्राप्त गर्न नसक्नु त्यसको सीमा, नकरात्मक पक्ष र अपूर्णता हो । त्यसैले अबको नयाँ कम्युनिस्ट स्कुलले विगतको त्यो सीमा तथा अपूर्णतालाई पुर्ण बनाउने दायित्व निर्वाह गर्नुपर्ने छ ।

नयाँ स्कुलः आधार र कारण
नयाँ कम्युनिस्ट स्कुलको पहिलो आधार र कारण परिवर्तित नयाँ मानव समाजको भौतिक अस्तित्व हो, दोस्रो, आधार र कारण क्रान्तिका नविन प्रश्नहरु हुन् जुन प्रश्नको उत्तरबिना क्रान्ति संम्भव छैन र तेस्रो आधार र कारण विगतको कम्युनिस्ट स्कुलको सीमा तथा अपूर्णता हो । जसको संबोधनबिना नयाँ स्कुल बन्न सक्दैन । त्यसैले यसबारे संक्षिप्त चर्चा गर्न जरुरी छ ।

नयाँ समाज
अहिलेको युग चौथो औद्योगिक क्रान्तिको युग मानिन्छ । जसलाई व्यक्त गर्न र स्पष्ट पार्न ‘वल्ड इकोनोमिक फोरम’का संस्थापक तथा कार्यकारी अध्यक्ष कलाउस स्कवाबले सन् २०१६मा ‘द फोर्थ इन्डस्ट्रिय रिभोल्युसन’ भन्ने पुस्तक प्रकाशन गरे । यो चौथो क्रान्ति विज्ञान, सूचना, कम्प्युटर र डिजिटल प्रविधिको विकाससँग जोडिएको छ । यो कम्प्युटर र सूचना क्रान्तिपछि न्युरोसाइन्स, क्वान्टम कम्प्युटर, बायोटेक, भर्चुअल र अगमेन्टेट रियालिलटिज, थ्रीडी प्रिन्टिङ, रोबोटिक्स, स्पेस टेक्नोलोजी, ब्लक चेन, नानो टेक्नोलोजी र इन्टरनेट अफ थिङ्गसले मानव समाजमा असाधारण परिवर्तन ल्याएको छ । त्यसैले यो युगको विशेषता भौतिक,जैविक र संख्यात्मक प्रविधिको व्यापक समिश्रण, कृतिम ज्ञान (आर्टिफिसियल इन्टिलिजेन्स ) र वृहत तथ्याङ्क हुन् । जसका कारण आज संसारमा विगतको भन्दा धेरै अस्थिरता, अनिश्चितता, जटिलता र अस्पष्टता व्याप्त भएको मानिन्छ । विगतका क्रान्तिभन्दा भिन्न यसले नयाँ प्रविधिको सहयोगले भौतिक, डिजिटल र जैविक क्षेत्रलाई एकीकृत गर्दै परिवर्तनको गति तीव्र पार्दछ । हरेक क्षेत्रमा छिनछिनमा परिवर्तन भइरहेको हुन्छ । साथै यसको सीमा धेरै विशाल छ जसको प्रभाव बाहिर विश्वको कुनै क्षेत्र छैन र यसले पुराना पद्धतिमा बदलाब ल्याएको छ । जस्तो कि पुँजीको स्वरुप र उत्पादन, व्यवस्थापन, शिक्षा र राजनीतिका पुराना पद्धतिमा व्यापक हेरफेर ल्याएको छ । अहिले रुस–युक्रेन युद्धमा पनि नयाँ युगको विशेषता प्रष्ट देखिएको छ । कृतिम ज्ञाननिर्देशित यन्त्र–मानवहरुले २०३०सम्म विश्वको आधा रोजगारी विस्थापित गर्ने प्रक्षेपण गरिंदैछ (लर्निङ जेनेरेसन २०१८को रिर्पोट) ती रोबोटले वास्तविक मान्छेभन्दा श्रेष्ठ सावित हुने दिशा लिएको विश्लेषण भइरहेको छ । ठोस रुपमा नयाँ भौतिक अवस्थाको विकास भएको छ । जसले त्यो अनुरुप नयाँ विचार र सिद्धान्त विकासको माग गर्दछ ।

नयाँ प्रश्न
नयाँ सामाजिक अवस्थाले विगतको क्रान्ति सम्बन्धी मालेमावादी अवधारणा पुग्दो छैन भन्ने स्पष्ट हुन्छ । त्यसैले त्यसको विकास अनिवार्य छ । अबको क्रान्तिले नयाँ युगका विशेषतालाई कसरी संबोधन गर्छ ? र तीनलाई कसरी परिभाषित गर्दै आफ्नो औचित्य सावित गर्छ ? क्रान्तिमा विज्ञान–प्रविधिको के भूमिका हुन्छ ? के अबको उत्पादक शक्ति प्रविधि हो ? क्रान्तिमा त्यसको मुख्य भूमिका हुन्छ त ? क्रान्तिका मित्र र शत्रु शक्ति को–को हुन ? अबको मित्र शक्ति क्रान्तिमा मजदुर–किसान र राष्ट्रिय पुँजीपति वर्ग मात्रै हुन्छ कि मध्यम वर्ग पनि हुन्छ ? श्रमको स्वरुप र क्षेत्र पुरानो छ कि नयाँ बनेको छ ? बल प्रयोगको मान्यता कसरी लागू हुन्छ ? र यो मान्यता अहिलेको युगको विशेषताले कति प्रभावित हुन्छ ? जस्ता मुख्य प्रश्नहरु रहेकाछन् । त्यसैगरी क्रान्तिले ल्याउने भावि व्यवस्था कस्तो र कसको हुन्छ ? त्यो अहिलेको पुँजीवाद र विगतको समाजवाद जस्तै हुन्छ कि नयाँ हुन्छ ? अनि त्यो व्यवस्थाले कस्तो मान्यतामा कुन दिशा समात्छ ? भन्ने प्रश्नहरु पनि रहेका छन । 

सीमा र अपूर्णता
विगतको कम्युनिस्ट स्कुल जसले विश्वमा समाजवाद ल्याएर पनि त्यसको रक्षा गर्न सकेन भने नेपालमा क्रान्तिको लक्ष्य नै हासिल गर्न सकेन । यसको कारण पुँजीवादको घुसपैठ र संसोधनवादको जन्म मात्रै होइन बरु कम्युनिस्टले कुनै एक विषयमा मात्र पनि होइन दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका सबै क्षेत्रमा चौतर्फि विकास गर्न नसक्नु हो । जसका कारण कतै क्रान्ति सफलै नहुने र सफल भएका ठाउँमा पनि नटिक्ने समस्या देखाप¥यो । व्यक्ति र निजी स्वार्थ केन्द्रित पुँजीपतिहरु एकताबद्ध हुने तर समाज र सामुहिक स्वार्थ केन्द्रित कम्युनिस्टहरु एकीकृत हुनै नसक्ने समस्या झन जटिल रुपमा देखाप¥यो । त्यसैगरी वस्तुको गति अनुरुप कम्युनिस्ट स्कुल गतिशील हुन सकेन । कम्युनिस्ट समाज निमार्ण गर्न सकेन । आफूलाई नविकरण गर्दै लान सकेन । जसरी जुन मात्रामा अन्तर्राष्ट्रियकरण गर्नु पथ्र्यो त्यो पनि गर्न सकेन ।
परिवर्तित नयाँ युगका विशेषता, क्रान्तिका नयाँ प्रश्न र विगतका कम्युनिस्ट स्कुलका सीमा र अपूणर्तालाई संबोधन गर्दै खडा गरिएको नयाँ कम्युनिस्ट स्कुलको नाम हो– एकीकृत जनक्रान्तिको स्कुल । जसलाई विप्लव सी स्कुल भन्न सकिन्छ । यसले अबको क्रान्तिमा विज्ञान–प्रविधिको निर्णायक भूमिका रहने ठान्छ तर मुख्य होइन नत प्रविधि नै उत्पादक शक्ति मान्छ । बल प्रयोगको अनिवार्यता स्वीकार्दै विचार, जनता र विज्ञान–प्रविधिको बल एकीकृत गर्ने मान्यता राख्छ । यो नयाँ स्कुुलले आजको शोषण, असमानता, अशान्ति, पृथ्वीको क्षयीकरण र यसको कारक भूमण्डलीय पुँजीवादलाई मुख्य समस्याको रुपमा पहिचान गर्छ । यसले मध्यम वर्गलाई थप नयाँ श्रमिक र क्रान्तिको मित्र शक्तिका रुपमा ग्रहण गर्दछ भने भूमण्डलीय पुँजीवाद र दलाल पुँजीवाद शत्रुका रुपमा । यसले क्रान्तिपछि आउने समाजवाद पुँजीवादभन्दा श्रेष्ठ र विगतको समाजवादभन्दा नयाँ वैज्ञानिक समाजवाद हुने उद्घोष गर्छ । साथै छरिएर रहेका कम्युनिस्टहरुलाई नयाँ विचार, मान्यता र शैलीसहित एकीकृत गर्ने उदेश्य राख्छ । यसका लागि मालेमाका तीनवटै संघटक अंगमा विकास गर्नुपर्ने आवश्यकता ठान्छ ।

विषयवस्तुः नयाँ संश्लेषणहरु
मुख्य कुरा एकीकृत जनक्रान्तिको नयाँ कम्युनिस्ट स्कुलमा सिकाइने वा पढाइने विषयवस्तु के के हुन ? भन्ने नै हो । अवश्य पनि ती दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा पार्टीले गरेका नयाँ संश्लेषणहरु नै हुन ।
क) दर्शन
भौतिकवादको विधिशास्त्र द्वन्द्ववाद– जसको लेनिन र माओले पनि विकास गरेमा ‘अनिश्चय, रक्षा र रुपान्तरण’ को नयाँ नियमको संश्लेषण नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनले गरेको छ । यो भौतिक विज्ञानमा हाइजनवर्गको अनिश्चितताको सिद्धान्त (सन १९२७, विनर हाइजनवर्ग १९०१– १९७६) सँग सम्बन्धित छ जसले वस्तुको अवस्थिति र गति एकै समयमा ठिक ढंगले जान्न वा नाप्न सकिंदैन भन्छ । हामी एक अर्थात गतिका बारे जति धेरै जान्दछौं, त्यत्ति धैर अर्को अर्थात अवस्थितिका बारे कम जान्दछौ । जति धेरै अवस्थितिका बारे जान्दछौ त्यति धेरै गतिका बारे कम जान्दछौ । हामी वस्तुको अवस्थाको बारे निश्चित भएकोबेला त्यसको गतिको बारे अनिश्चित हुन्छौ भने गतिको बारे निश्चित भएकोबेला अवस्थाको बारे अनिश्चित हुन्छौ । यो नियम प्रकृति,मानव समाज र चिन्तनका क्षेत्रमा पनि लागू हुन्छ । त्यसैले यो दर्शनको विषय बन्छ । हामी पँुजीवादी अवस्थामा छौं यसका बारे जति निश्चित हुनसक्छौ त्यति नै यसको गतिका बारे अनिश्चित छौ कि यसको गति समाजवादमा कतिबेला कसरी पुग्छ ? ठिक त्यसरी नै यसको गति जो समाजवाद उन्मुख छ, का बारे जति निश्चित हुनसक्छौं, त्यति नै बढी पुँजीवाद यहि अवस्थामा रहनेमा अनिश्चित हुनेछौं कि यसको कतिबेला कसरी अन्त्य हुन्छ । मुख्य कुरा नयाँ संश्लेषणद्वारा वस्तुको अनिश्चितताप्रति स्पष्ट र सचेत हँुदै कुन कुराको रक्षा गर्ने र कुन दिशामा रुपान्तरण गर्ने भन्ने मानिसको सचेतन पहलकदमीको महत्वपूर्ण भूमिकामाथि जोड दिनु हो । अनिश्चितताभित्र पनि आवश्यक संम्भावनाको खोजी गर्नु हो । विपरितहरुको एक अर्कोमा रुपान्तरणको तीव्रतामा मानवीय चेतना र व्यवहारको रुपान्तरणको तालमेल मिलाउनु हो । यदि सचेत पहलकदमी भएन भने न पुँजीवादको अन्त्य हुन्छ न त वैज्ञानिक समाजवाद–साम्यवादमा नै रुपान्तरण हुन्छ । भन्ने देखिएको छ । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका अनुसार पुँजीवादपछि समाजवाद र त्यसपछि साम्यवाद आउनुपर्ने हो तर आएन बरु समाजवाद आएपछि फेरी पुँजीवाद आयो । पक्कै पनि यहाँनेर दर्शनमा केही कमी छ भन्ने देखिन्छ ।
यो भौतिक विज्ञानको अनिश्चितताको नियम दर्शनमा समावेश गरेपछि प्रोफेसर लोत्फी जादेहले सन् १९७८मा प्रस्तुत गरेको गणितीय ‘संम्भावनाको सिद्धान्त’ आकर्षित भएको छ । जसले निश्चित प्रकारको अनिश्चिततासँग व्यवहार गर्छ । ० र १ को बिचमा संम्भावना र आवश्यकताको उपायहरु प्रयोग गर्छ, जस्तो कि असम्भवदेखि संम्भव र अनावश्यकदेखि आवश्यकसम्म । विज्ञानका विद्यार्थीहरुबाट यो गणितीय सिद्धान्त जोड्नुपर्ने सुझाव आएको छ र महासचिव विप्लव सीले सकरात्मक रुपमा ग्रहण गरेको देखिन्छ । जसलाई पार्टीले आगामी दिनमा संबोधन गर्नेछ ।
यो अनिश्चितता–संम्भावना, रक्षा र रुपान्तरणको नियम कसरी लागू भयो त ? केही समय अघिसम्म सहयोगी रहेका कञ्चन÷सुदर्शन असहयोगी भए भने असहयोगी रहेका प्रचण्ड सहयोगी बने । यो नियम प्रचण्ड र विप्लवको हकमा पनि लागू हुन्छ र भयो । समाजवादी मोर्चा त्यो नियमको परिणाम हो ।
कार्ल माक्र्सले “हरेक सच्चा दर्शन आफ्नो समयको उच्चतम बौद्धिक सारतत्व हो” भनेको आज १८१ वर्ष भैसकेको छ भने माओले “साँस्कृतिक क्रान्तिको कार्यभार विश्व दृष्टिकोणको समस्या हल गर्नु हो” भनेको पनि ५० वर्षभन्दा बढी बितिसकेको छ । सामान्यतः माक्र्सवादको उदयपछि समाज विज्ञानमा र विशेषतः पछिल्लो ५० वर्षमा भौतिक विज्ञानमा धेरै उथल–पुथलकारी परिवर्तन भएका छन् । पछिल्लो चरण विश्व चौथो औद्योगिक क्रान्तिबाट गुज्रिरहेको छ । खासगरी भौतिक विज्ञानको विकासले दर्शनको नेतृत्वदायी भूमिका दिएको छ । त्यसैले दर्शनको विकास अनिवार्य भएको छ । त्यसकारण दर्शनमा अझ विकास गर्नुपर्ने भएको छ । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको संश्लेषणपछि दर्शनले विज्ञानहरुको पनि विज्ञानका रुपमा काम गरेको थियो तर आज किन गरिरहेको छैन ? समाजवादको रक्षा र विकास गर्न किन सकेन ? र क्रान्ति किन भैरहेको छैन त ? अवश्य पनि यहाँ माक्र्सले भने झैं आजको भौतिक विज्ञान र समाज विज्ञानमा भएको विकासको ‘उच्चतम बौद्धिक सारतत्व’को रुपमा दर्शनलाई पुनस्थापित गर्नुपर्ने आवश्यकता छ । जो भएको छैन । साथै माओले भने झैं आजको क्रान्ति संम्भव बनाउन र समाजवादको रक्षा र विकासका लागि ‘विश्वदृष्टिकोणको समस्या हल गर्न’ जरुरी छ । जो भएको छैन । त्यसैले नेकपाको महाधिवेशन भौतिकवादको विधिशास्त्र द्वन्द्ववादको मुख्य नियम ‘विपरितको एकता र सङ्घर्षको नियम’सँग ‘अनिश्चय, रक्षा र रुपान्तरण’ को नियम जोडेर हेर्नुपर्ने निष्कर्षमा पुगेको हो ।
ख) राजनीतिक अर्थशास्त्र
राजनीतिक अर्थशास्त्रको क्षेत्रमा पार्टीले संश्लेषण गरेको विषय भनेको ‘एकीकृत स्वामित्व’ हो । जुन विगतका निजी र सामुहिक स्वामित्वको सफलता र असफलता अनि नकरात्मक र सकरात्मक शिक्षाहरुबाट सिकेर आजको प्राविधिक क्रान्तिलाई ध्यानमा राख्दै संश्लेषण गरिएको ‘एकीकृत स्वामित्व प्रणाली’ हो जो विगतमा प्रयोग भएका तीन (निजी, सामुहिक र मिश्रीत) वटै स्वामित्व प्रणालीभन्दा भिन्न र विकसित नयाँ प्रणाली हो । यसबारे नेकपाको संश्लेषणलाई हेरौं– “मानव समाजको लामो इतिहासबाट देख्न र भन्न सकिन्छ कि वास्तवमा मान्छे निजी र सामुहिक तत्वको योग हो । तर निजी सामुहिकभन्दा माथि होइन र हुनु हुँदैन ।…… त्यसैले आर्थिक स्वामित्वलाई पनि सामुहिक प्रधान गुणमा रुपान्तरण र विकास गर्न सकिन्छ । त्यसको लागि आजको विश्वमा निजीबाट सामुहिकतिर जाने नयाँ स्वामित्वको संश्लेषण र प्रयोग जरुरी छ । त्यसको ठोस अभिव्यक्ति एकीकृत स्वामित्व प्रणालीमा हुन सक्छ ।” (नेकपाको नवौ महाधिवेशनको राजनीतिक प्रतिवेदन, पृष्ठ ९१, २०७९)
अहिले नेपाल कम्युनिस्ट पार्टीले आत्मनिर्भरताको नारासहित उत्पादन अभियान अघि बढाएको छ । केन्द्रीय समितिले नै १०० बिघामा खेती गरेको छ । निरन्तर श्रमकार्यमा जुटेको छ । पार्टीसँग जमिनलगायत चल–अचल सम्पत्ति रहेको सगौरव घोषणा गरेको छ । प्रायः मान्छेहरुले पुरानै सोच र मान्यताबाट प्रश्न र जिज्ञासा राखिरहेका छन् कि कुन सामुहिक वा निजी स्वामित्व ? वास्तवमा, पार्टीले नयाँ ‘एकीकृत स्वामित्व’लाई प्रयोग गरिरहेको छ । जो वैज्ञानिक र प्रभावकारी देखिएको छ ।
भौतिक विज्ञानका वैज्ञानिक आइनस्टाइनले ‘सामुहिक स्वामित्व’को पक्ष लिएर किन वकालत गरे होलान ? सर्वहारा साँस्कृतिक क्रान्तिताका किसानहरुको निजी सुँगुरलाई ‘कम्युनिकरण’ गरेकोमा माओले किन विरोध गरे होलान ? आज नेपालमा निजी स्वामित्व पक्षधर सामुहिक जस्ता अनि सामुहिक स्वामित्व पक्षधर निजी पुँजीप्रिय जस्ता किन देखिएका होलान ? जुन कुरालाई व्यक्त गर्दै दैलेखका एक माओवादी केन्द्रका जनप्रतिनिधिले हालै हाम्रो भेटमा भने कि ‘कांग्रेसमा उदार (भए पनि नभए पनि ठिकै) भ्रस्ट छन् तर माकेमा कट्टर (जसरी पनि हुनैपर्ने ) भ्रस्ट छन् ।’ साथै उनले यो पनि भने कि ‘उत्पादनमा जोड नगरी समाजवाद आउँदैन ।’ वास्तवमा, यहाँ आर्थिक स्वामित्वका बारे नयाँ ढंगले सोच्नुपर्ने आवश्यकता छ । जसलाई एकीकृत स्वामित्वले संबोधन गर्दछ । यसले ‘आधारभूत आवश्यकता राज्यको अधिकतम् संमृद्धि व्यक्तिको’ भन्ने मान्यता लागू गर्दछ ।
राजनीतिक अर्थशास्त्रको क्षेत्रमा दोस्रो विषय भनेको आजको परिवर्तित पुँजीवादलाई के भन्नेसँग रहेको छ । आजको पुँजीवादको चरित्रलाई ठिक ढंगले अभिव्यक्ति गर्न ‘भूमण्डलीकृत पुँजीवाद’ भन्नु सही हुन्छ । जसले नयाँ साधन (विज्ञान–प्रविधिको विकासद्वारा) र शैलीद्वारा विश्वको चर्को शोषण गरिरहेको छ । यसबाट मुक्त हुन यसको नयाँ स्वरुप जान्न आवश्यक हुन्छ । त्यसैले लेनिनले विश्लेषण गरेको साम्राज्यवादमै पुँजीवाद सीमित छैन नयाँ ठाँउमा पुगेको छ । जसलाई ठिक ढंगले बुझेर बदल्न आवश्यक छ ।
 ग) वैज्ञानिक समाजवाद
वैज्ञानिक समाजवाद अन्तर्गत एकीकृत जनक्रान्तिको कार्यदिशा, एकीकृत निवार्चन प्रणाली, सङ्गठनमा– आवधिक नेतृत्व प्रणाली र अध्ययन र तथ्यद्वारा रुपान्तरणको विधि र नयाँ मानव जातिको रुपमा सी जातिको निमार्ण आदि नयाँ संश्लेषणहरु रहेका छन् । जसको क्रमशः संक्षिप्त रुपमा उल्लेख गरौं ।
एकीकृत जनक्रान्ति
यो एकीकृत जनक्रान्तिको कार्यदिशाले मालेमाका सार्वभौम पक्ष र पछिल्लो समाजका विकसित नयाँ विशेषतालाई संबोधन गर्दछ । सार्वभौम पक्ष बल हो भने विशिष्ट पक्ष चौथो औद्योगिक क्रान्तिले ल्याएको परिवर्तन हो जसले गाँउ र सहरको दूरी मेटेको छ । मध्यम वर्ग र प्रविधिलाई क्रान्तिको अग्रस्थानमा ल्याएको छ र परिवर्तनको गति एकदमै तीव्र बनाएको छ । त्यसैले समाजवादलाई रोक्न पुँजीवादले हजारौं साधन र तरिकाद्वारा सङ्घर्ष गरिरहेको छ भने पुँजीवादको अन्त्य गरी समाजवाद ल्याउन समाजवादीहरुले पनि हजारौं साधन र तरिकाद्वारा सङ्घर्ष गर्नुपर्छ र त्यो सङ्घर्ष लक्ष्य केन्द्रित गरेर एकीकृत रुपमा संचालन गर्नुपर्छ । जुन सङ्घर्षलाई एकीकृत जनक्रान्तिको कार्यदिशाले समेट्दछ । अहिलेको समाजवादी मोर्चा नयाँ कार्यदिशा कार्यन्वयनको अभ्यास तथा परिणाम मान्न सकिन्छ ।

एकीकृत निवार्चन प्रणाली
एकीकृत निवार्चन प्रणालीले अहिलेको निवार्चन र व्यवस्थामा निणार्यक तत्वको रुपमा रहेको पुँजीको बर्चस्वलाई अस्वीकार गर्दछ र निषेध गर्दछ । यसले राजनीतिक पार्टी र जनताको संयुक्त सत्ता अभ्यासलाई अगाडि बढाउँछ । पार्टीले पठाउने सत्ताका प्रतिनिधिलाई पनि जनताले प्रत्यक्ष मतद्वारा निर्वाचित गर्नेछन् भने जनताले आफ्ना स्वतन्त्र प्रतिनिधिलाई पनि निर्वाचित गरी निश्चित मात्रामा सत्ता संचालनमा सहभागी गराउनेछन् । यो नै जनताको लागि सबैभन्दा उत्तम व्यवस्था हुनेछ । यसरी सत्ता आफ्नो लक्ष्य– त्यो भनेको सत्ताको नै अन्त्य गर्ने हो– बाट विचलित हुने र जनताको प्रत्यक्ष सहभागिताको सुनिश्चितता नहुने समस्याबाट मुक्त हुनेछ । त्यसैले एकीकृत निर्वाचन प्रणालीले जनताबाट कट्ने र तानाशाही बन्ने वा लक्ष्यविहिन हुने र पछि वा पुँजीवादतर्फ फर्किने समस्याको समाधान गर्नेछ ।

सङ्गठनको क्षेत्रमा
सङ्गठनको क्षेत्रमा आवधिक नेतृत्व प्रणाली २०७३को आठांै महाधिवेशनले संश्लेषण गरिसकेको विषय हो । जो विशिष्ट स्थिति र कारणबाहेक कार्यन्वयन हुनेछ भने अहिले नवौं महाधिवेशनमा सङ्गठन संचालनमा ‘जनवादी केन्द्रीयता’, ‘आलोचना र आत्म आलोचना’ मात्र पर्याप्त नभएको विश्लेषणको आधारमा ‘अध्ययन, तथ्यद्वारा रुपान्तरणको पद्धति’ लागू गर्नुपर्ने नयाँ संश्लेषण गरेको छ । जसले पार्टीलाई गतिशील र सहयोद्धालाई रुपान्तरण गर्न सहयोग गर्नेछ ।
सी जातिबारे
विगतको कम्युनिस्ट आन्दोलन तथा समाजवादी सत्तामा कम्युनिस्ट समाज निमार्ण हुन नसकेको विश्लेषण गर्दै अब समानताको आधारमा नयाँ एकीकृत मानव सभ्यता निमार्णको खातिर एउटै कम्युनिस्ट तथा साम्यवादी सी जाती बनाउने संश्लेषण र निर्णय आफैमा नयाँ र ठुलो विषय हो । वास्तवमा, मानव जाति एउटै हो तर विभिन्न जात, जातिमा विभक्त छ । जसमा शाषक वर्गलाई ‘फुटाउ र राज गर’को सूत्र लागू गर्न सजिलो भएको छ । नेपालमा पछिल्लो चरण त जातिवाद धेरै नै हावी भएको छ । जसले समाजमा विग्रह ल्याउने खतरा छ । त्यसैले सी जाति निमार्णले नेपाली समाज मात्र नभएर विश्वमा नै नयाँ एकीकृत मानव जाति निमार्ण गर्न सहयोग गर्नेछ ।

विधि
हामीले स्कुल संचालन गर्दा पछिल्लो विकास भएको नयाँ समाजको चरित्र, विशेषता र पार्टीले गरेका संश्लेषणहरुबाट शुरु गछौं र त्यसपछि माक्र्सवाद त्यसको विकासको आधार अनि लेनिन र माओले गरेका विकासका बारे सिक्ने र सिकाउने गरेको छौ । जुन कुरा नयाँ र प्रभावकारी भएको छ ।
निष्कर्ष 
नयाँ कम्युनिस्ट स्कुलबिना अबको क्रान्ति सफल हुनेछैन । न त आएको समाजवाद नै टिक्नेछ । त्यसैले एकीकृत जनक्रान्तिको स्कुल नयाँ कम्युनिस्ट स्कुल हो । जसले समाजको गति र विकाससँगै सामाजिक क्रान्तिको विज्ञान मालेमावादको विकासलाई अभिव्यक्त गर्दछ । यसले कम्युनिस्टलाई नयाँ विचार र मान्यताको आधारमा पुनः एकीकरण र केन्द्रिकरण गर्नेछ । नेपालमा रहेको कम्युनिस्ट जनमतको रक्षा, विकास र विस्तार गर्न सहयोग गर्नेछ । जो भई पनि रहेको छ । आज पार्टीले गरेका नयाँ संश्लेषणहरुले कम्युनिस्टलगायत सबैलाई आकर्षित गरिरहेको छ भने पार्टीको नेतृत्वप्रति नयाँ पुस्ताको आशा र विश्वास केन्द्रित हुँदै गएको छ । यो नयाँ स्कुलको सकरात्मक प्रभाव र परिणाम हो । जसको रक्षा, विकास र विस्तार गर्न आवश्यक छ ।

स्राेत: जनक्रान्ति अङ्क ७


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।