५ आश्विन २०८१, शनिबार

एमसीसी खारेजी अभियानमा देशभर हाेमियाे नेकपा, वालिङदेखि देशव्यापी जनप्रदर्शन गर्दै

0

काठमाडौं: देशभर एमसीसी विरुद्ध दबाबमूलक संघर्षको कार्यक्रम घाेषणा गरेको नेपाल कम्युनिस्ट पार्टीले एमसीसी कार्यान्वयनविरूद्ध देशव्यापी वालिङ गरेको छ ।

नेकपाकाे केन्द्रीय कार्यक्रम अनुसार देशभरका जिल्ला जिल्लामा एमसीसी कार्यान्वयनविरूद्ध भित्तेलेखनलाई तीब्रता दिएका छन् ।

उनीहरूले ‘नाे एमसीसी, नाे एसपीपी, गाे ब्याक अमेरिका, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, एमसीसी चाहिदैन, अमेरिकी सेना ल्याउन पाइदैन, एकीकृत जनक्रान्ति-जिन्दावाद, नेकपा जिन्दावाद’ लगायतका नाराहरूले‌ शहर गाउँका भित्ताहरु रङ्गिएका छन् ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर, उदयपुर, बारा, पर्सा, भापा, धादिङ, मकवानपुर, चितवन, पाेखरा, राेल्पा, दाङ लगायत देशभरका जिल्लाहरुमा एमसीसीविरूद्ध भित्तेलेखनलाई व्यापक बनाइएको छ ।

नेकपा महासचिव विप्लवले मंगलबार विज्ञप्ति जारी गर्दै एमसीसी कार्यान्वयनविरूद्ध चरणबद्ध आन्दाेलनका कार्यक्रम घाेषणा गरेका थिए । साेही कार्यक्रम अनुसार नेकपा उपत्यकाका जिल्लाहरूको भित्तेलेखन गरेका छन् ।

एमसीसीविरूद्ध नेकपाकाे घाेषित संघर्षको कार्यक्रम अनुसारभदौ ६ गते देशव्यापी वालिङ, ७ गते एमसीसीको पुत्ला दहन , ८ गते एमसीएको प्रमुख खडकबहादुर विष्टको पुत्ला दहन , ९ गते गाउँगाउँमा जागरण प्रचार ,१० गते देशव्यापी जनप्रदर्शन, ११ गते काठमाडाँमा एमसीसीबारे अन्तरक्रिया र १२ गते नुवाकोट, तनहुमा एमसीसीबारे अन्तरक्रिया कार्यक्रम रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।