५ आश्विन २०८१, शनिबार

राष्ट्रिय स्वाधीनताको आन्दोलनमा दमन गर्ने साम्राज्यवादका दलालहरुको हिसाबकिताब हुनेछ: विकाश

0

तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिती सदस्य विकाश सीले राष्ट्रिय स्वाधीनताको आन्दोलनमा दमन गर्नेको हिसाबकिताब हुने बताएका छन्।

बिहिवार नेकपा पश्चिम दाङद्वारा तुलसीपुरको बिरेन्द्र चोकमा एमसिसीको पुत्ला दहनपछिको कोणसभालाई सम्बोधन गर्दै उनले उक्त कुरा वताएका हुन्।

कोणसभालाई सम्बोधन गर्दै नेता विकाशले भने – ‘अहिले चलिरहेको एमसिसी विरुद्ध आन्दोलनमा कयौं ठाउमा अमेरिकी साम्राज्यवादका दलालहरुले दमन गरेका छन् । हातपातको प्रयास गरेका छन् । हामी त्यो सबै नोट गरेर राखेका छौँ । राष्ट्रिय स्वाधीनताको आन्दोलनमा दमन गर्ने फटाहाहरुको हिसाबकिताब हुनेछ।’

नेपाली जनताको आन्दोलनलाई मत्थर बनाएर एमसिसी कार्यान्वयन गर्न खोजेपनी सम्झौता कार्यान्वयन हुन नेकपाले कुनैपनी हालतमा नदिने उनको जिकिर थियो ।

राष्ट्रघाती एमसिसी विरुद्ध नेपालीहरु एकजुट हुन आवश्यक छ , उनले थपे ‘साम्राज्यवादको नजर अहिले दक्षिण एसियामा परेको छ । कुनै हालतमा अमेरिकाको षड्यन्त्रलाई सफल हुन दिनु हुँदैन ।’

माओवादी कांग्रेस पछि बनौला भन्दै नेता विकाशले थप भने, ‘यो देश रहेपछी मात्रै कांग्रेस , माओवादी , नेकपा रहने हो । एमसिसीलाई नेकपाको मामला मात्रै बनाएर हेर्नुहुदैन यो तीन करोड स्वाभिमानी नेपाली जनताको मामिला हो । यो राष्ट्रियताको मामिला हो । यो कसैको गुलाम नहुने मामिला हो ।’

अमेरिकी जुठोपिठो खाएर नेपाली जनताका विरुद्धमा आउने शक्तिलाइ धुलोपिठो बनाइदिने समेत उनले बताए ।

उनले भने – ‘राष्ट्रिय स्वाधीनताका लागि जुनसुकै मोर्चा बनाएर लड्न तयार छौँ । अमेरिकाबाट सहयोग लिन्छौं , संसारका थुप्रै मुलुकबाट नेपाललाइ सहयोग आएको पनि छ तर सर्तसहितको सहयोग स्विकार्य हुँदैन । हामिलाइ तिम्रो सहयोग चाहिदैन भन्दाभन्दै खाए खा नखाए घिच भन्न मिल्छ , त्यो मिल्दैन । राष्ट्रियता बेचेर धनी बन्नु छैन । हामी हाम्रा आफ्नै पौरखले यो देश बनाउछौ ।’

नेता विकाशले एमसिसीका राष्ट्रघाती बुदाका बारेमा प्रष्ट पार्दै एमसिसिले नेपालको स्वाभिमान र अस्तित्वलाई समाप्त पार्ने योजनासहित आएको बताएका थिए ।

बौद्धिक सम्पतीमा अमेरिकी एकाधिकार , एमसिसीमा काम गर्ने कामदारलाइ नेपालको कानुन नलाग्ने प्रावधान , एमसिसीसंग राष्ट्रिय कानुन बाझिएमा एमसिसीको कानुन लागू हुने प्रावधान , परियोजनाको लेखापरीक्षण अमेरिकाले गर्ने प्रावधान , सम्झौताको हिस्सेदार नभएको छिमिकी मुलुक भारतको स्वीकृती लिने प्रावधान , सम्झौता अमेरिकाको आइपिएससंग जोडिएको , आर्थिक सहयोगको आवरणमा सैन्य रणनीति भएको , नेपालमा रहेको कम्युनिस्ट प्रभावलाइ सिध्याउने रणनीति लिएको , नेपालका प्राकृतिक सम्पदा जल , युरेनियम धातु कब्जा गर्ने षड्यन्त्र , विश्व महाशक्ती बन्दै गएको चिनलाइ घेर्ने रणनीति सहित आएकाले एमसिसी कुनै हालतमा नेकपा र देशभक्त नेपाली जनताले स्वीकार गर्न नसकिने समेत बताएका हुन् ।

कोणसभाको सहजीकरण अखिल (क्रान्तिकारी) पश्चिम दाङका संयोजक नवीन सीले गरेका थिए ।

पुत्ला दहन कार्यक्रममा नेकपाका नेता-कार्यकर्ताले राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर , गो ब्याक अमेरिका , रिजेक्ट एमसिसी , एमसिसि चाहिदैन सेना ल्याउन पाइदैन , अमेरिकी साम्राज्यवाद मुर्दावाद , नेकपा जिन्दावाद , एकीकृत जनक्रान्ती जिन्दावाद लगाएतका नारा लगाएका थिए ।

यता नेकपा पश्चिम दाङ अन्तर्गत पर्ने शान्तिनगर , दंगिशरण , बबई गाउँपालिकामा समेत पार्टीका नेता-कार्यकर्ताहरुले एमसिसीको पुत्ला दहन गरेका छन् ।

पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत नेकपा पश्चिम दाङले भोलि तुलसीपुर , हापुरे , शान्तिनगर , दंगिशरणमा एमसिएका प्रमुख खड्क बहादुर बिष्टको पुत्ला दहन गर्ने कार्यक्रम रहेको जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।