६ जेष्ठ २०८१, आईतवार

युरोपस्थित जनप्रगतिशिल संगठनहरुद्वारा समाजवादी मोर्चाको आन्दोलनप्रति ऐक्यबद्धता

1

काठमाडौं: युरोपस्थित संगठनहरुले समाजवादी मोर्चाको आन्दोलनलाई ऐक्यबद्धता जनाएका छन् ।
नेपाली जनप्रगतिशील मोर्चा, युरोपका अध्यक्ष बदन योङहाङ, नेपाली जनप्रगतिशील मञ्च युरोपका कार्यवाहक अध्यक्ष रणबहादुर खाती क्षेत्रीले ऐक्यवद्धता वक्तव्य सार्वजनिक गर्दै समाजवादी व्यवस्था स्थापनाको लागि बनेको समाजवादी मोर्चा नेपालको निर्माण र यसको नेतृत्वमा हुने समाजवाद केन्द्रित आन्दोलनलाई समर्थन र ऐक्यवद्धता रहेको जानकारी गराएका छन् ।

अबको विकल्प समाजवादी व्यवस्था स्थापना मात्र हो र यो सबैको साझा कार्यक्रम हो भन्दै वक्तव्यमा भनिएको छ,-‘नेपाली जनताको लागि राम्रो हुने समाजवादी गणतन्त्र स्थापनाको लागि समाजवादी मोर्चा नेपाल सफल होस् भन्ने शुभकामना दिन चाहन्छौँ । यो मोर्चाले गर्ने समाजवाद स्थापनाको आन्दोलनमा हाम्रो ऐक्यवद्धता जाहेर गर्दछौं । यो आन्दोलनलाई समर्थन र सहयोग गर्न हुन सम्पूर्ण प्रवासी नेपालीहरुलाई गर्दछौं ।’

वक्तव्यकाे पूरा पाठ-
युरोपस्थित संगठनहरुको समाजवादी मोर्चाको आन्दोलनलाई ऐक्यवद्धता ।
नेपालमा बढ्दै गइरहेको राजनैतिक, आर्थिक, सामाजिक अन्तरविरोधहरुको अन्त्य गर्नको लागि समाजवादी व्यवस्था स्थापनाको लागि बनेको समाजवादी मोर्चा नेपालको निर्माण र यसको नेतृत्वमा हुने समाजवाद केन्द्रित आन्दोलनलाई हामी युरोपस्थित निम्न संगठनहरुको समर्थन र ऐक्यवद्धता रहेको जानकारी गराउन चाहन्छौँ ।
विश्वमा नयाँ राजनैतिक अवस्था सृजना भएको छ । अमेरिकी साम्राज्यवादी एकल नेतृत्वमा परिवर्तन आएको छ । अहिले युक्रेन युद्धसम्म आइपुग्दा अमेरिका प्रविधिमा रुससँग र अर्थमा चीनसँग पछि पर्न पुगेको छ । यी दुई प्रवृत्तिसँग विश्व ध्रुवीकृत भइरहेको छ । त्यही अनुरुप उनीहरुले नेपाललाई प्रयोग गर्न लागि परिरहेका छन् । विश्वका प्रभावशाली अर्थतन्त्र भएका चीन र भारत बिचको अन्तरविरोधमा पसेर एशियामा आफ्नो प्रभाव कायम राख्ने अमेरिकी योजनालाई हामीले समयमै पहिचान गरेर रोक्न पर्दछ । नेपालको हित हुने अमेरिकी आर्थिक योजनाहरुलाई हामीले स्वागत गर्नुपर्छ तर उसको राजनैतिक सामरिक महत्वसहितको योजनाहरुलाई प्रवेश गर्न दिनु हुँदैन ।
त्यस्तै गरेर भारतको नेपालमाथिको विविधखाले हस्तक्षेप रोक्न पर्दछ । लिपुलेक लिम्पियाधुरा कालापानी लगायत सिमावर्ती क्षेत्रमा भारतले मिचेको नेपाली भूभाग फिर्ता लिनु पर्दछ । नेपालको व्यापार व्यावसायमा भारतीय स्वामित्व ६० प्रतिशत भन्दा बढि भइसकेको अनुमान छ। नेपालको आफ्नो उत्पादन पनि नहुने र अर्को देशको उत्पादन पनि अरुले नै आएर बेच्ने अवस्था द्रुत रुपले बढिरहेको छ । देशमा आत्मनिर्भर उत्पादन प्रणाली विकास गरेर यो दलाल पुंजीवादी अवस्थालाई यथाशिघ्र बदल्नु पर्दछ । दलाल पुंजीवादको चरित्र अनुसार नै देशमा व्यापक संस्थागत भ्रष्टाचार, मिटरव्याजी लुटपाट, लघुवित्तको उत्पीडन, चर्को बैंक व्याज दर, स्वास्थ्य शिक्षामा भइरहेको लुटपाट, कालोबजारी, मुल्यवृद्धि जस्ता विकृतिहरुले जनताको जनजीवन अत्यन्तै कठिन अवस्थामा छ । देशमा दलाल पुंजीवादका कारणले आत्मनिर्भर उत्पादन प्रणाली छैन । सामान्य जिविकोपार्जनको लागि लाखौंलाख युवाहरु विदेशिन बाध्य भएका छन् । आधारभूत आवश्यकता पूरा गर्नको लागि पनि भारी मात्रामा नगद पूँजिको आवश्यकता पर्ने गलत वातावरण सृजना गराइएको छ । आवश्यकता पूरा गर्नको लागि अनुत्पादक र विकृत संस्कृति द्रुत गतिमा बढिरहेको छ । दलाल पुँजिवादले जातीय स्वतन्त्रताको आन्दोलनलाई जातीवादतिर लैजाने खतरालाई रोक्दै उनीहरुको स्वायत्ततासहित राजनैतिक, आर्थिक, भाषिक, शैक्षिक तथा सांस्कृतिक अधिकारको सुनिश्चितता समाजवादी गणतन्त्रमा मात्र सम्भव छ । समाजमा विद्यमान छुवाछुत, महिलामाथिको हिंसा र विभेद लगायत सम्पूर्ण विकृतिहरुको अन्त्य गर्दै, आत्मनिर्भर उत्पादन प्रणालीको विकास, जननियन्त्रित राज्य प्रणाली, स्वतन्त्र र समुन्नत देश निर्माण गर्नु पर्दछ । क्रान्तिकारी भूमिसुधार लागु गरि जमिनलाई भुमाफियाहरुको चंगुलबाट बाहिर ल्याइ कृषिलाई व्यवसायीकरण गर्नुपर्छ, उद्योग व्यवसायमा क्रान्तिकारी विकास गरि लाखौ लाख विदेशीयका नेपाली युवा नेपाल फर्किएर देशमा नै रोजगार गरी सुरक्षित जीवन जीउन पाउने व्यवस्था स्थापना गर्नु पर्दछ । उक्त व्यवस्था भनेकै नेपाली विशेषताको समाजवाद हो । यो कुनै राजनैतिक दल र एकदलीय विचारले प्रभावित हुने व्यवस्था होइन ।
वर्तमान सरकारले चालेका भ्रष्टाचार विरोधी अभियानलाई कडाइका साथ लागु गर्न र जनहित र सामाजिक न्यायका कामहरु द्रुत गतिमा बढाउन हामी आह्वान गर्दछौं । यद्यपी वर्तमान व्यवस्थामा जो सुकै राम्रो मान्छे वा दल आएपनि उनीहरुलाई व्यवस्थाले नै खराब बनाइदिन्छ । राम्रो गर्न सक्छु वा गर्छ की भन्ने आशा अस्थायी भ्रम मात्र भएकाले अबको विकल्प समाजवादी गणतन्त्रको स्थापना मात्र हो र यो सबैको साझा कार्यक्रम हो । नेपाली जनताको लागि राम्रो हुने समाजवादी गणतन्त्र स्थापनाको लागि समाजवादी मोर्चा नेपाल सफल होस् भन्ने शुभकामना दिन चाहन्छौँ ।
यो मोर्चाले गर्ने समाजवाद स्थापनाको आन्दोलनमा हाम्रो ऐक्यवद्धता जाहेर गर्दछौं । यो आन्दोलनलाई समर्थन र सहयोग गर्न हुन सम्पूर्ण प्रवासी नेपालीहरुलाई अनुरोध गर्दछौं ।
मिति: २५ अगष्त, २०२३


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 प्रतिक्रिया “युरोपस्थित जनप्रगतिशिल संगठनहरुद्वारा समाजवादी मोर्चाको आन्दोलनप्रति ऐक्यबद्धता

  1. Fentastice 🇮🇩🇳🇵🎆🎇🪔🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🇮🇩🇳🇵🪔🎆🎇

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।