५ आश्विन २०८१, शनिबार

जनताको मोर्चा बनाई देशभक्तिपूर्ण समाजवादी लडाई लड्नु पर्छ : पूर्वप्रधानमन्त्री खनाल

0

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले जनताको मोर्चा बनाई देशभक्तिपूर्ण समाजवादी लडाई लड्नुपर्ने बेला आएको बताएका छन् । एमसीसी परियोजना कार्यान्वयन विरुद्ध नेकपाद्वारा काठमाडौँमा आयोजित बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री खनालले यस्तो बताएका हुन् ।


उनले नेपालको संविधान भन्दामाथि रहने गरी सम्झौता गरिएको एमसीसी नेपाली जनतालाई मान्य नहुने बताए । पूर्व प्रधानमन्त्री खनालले भने, “जनताको मोर्चा निमार्ण गर्नुपर्छ । दलाल साम्राज्यवादका विरुद्ध मोर्चा बनाउनु पर्छ । नेपालमा वैज्ञानिक समाजवाद ल्याउनुपर्छ ।”
नेता खनालले एमसीसी पास गर्ने बेलाको व्याख्यात्मक घोषणा भनेको लाज ढाक्ने धाेती मात्र भएको टिप्पणी गर्दै व्याख्यात्मक घोषणा भनेको नाटक मात्र भएको बताए ।
पूर्वप्रधानमन्त्र खनालले अमेरिकी मन्त्रीहरुले समेत एमसीसी भनेको इन्डोप्यासिफीक रणनीतिकको अंग भएको बताइरहेको बेला नेताका केही सांसदहरुले अमेरिकाको अस्सली दलाली बनि खण्डन गरेको बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।