५ आश्विन २०८१, शनिबार

प्रकाण्ड सी र माधव नेपालबिच भेट, एमसीसीबारे गम्भीर विमर्श

0

काठमाडौं: एमसीसी परियोजना कार्यान्वयनकाे दिन नजिकिँदै गर्दा राजनीति क्षेत्र तात्न थालेको छ । त्यही विषयलाई लिएर आज बिहान ७:३० मा काेटेश्वरस्थित निवासमा नेकपा (एस) का अध्यक्ष तथा समाजवादी माेर्चा, नेपालका संयाेजक समेत रहेका नेता माधव कुमार नेपाल र नेकपाका प्रवक्ता प्रकाण्डबिच छलफल भएकाे छ ।
साे भेटघाटमा प्रवक्ता प्रकाण्डले समाजवादी माेर्चाकाे मूल मर्म ‘समाजवाद र राष्ट्रिय स्वाधीनता’ भएकाे र त्यसको बर्खिलाप कार्य भएमा समाजवादी माेर्चाकाे भविष्य नै धरापमा पर्ने र औचित्य पुष्टि नहुने बताएको र नेता माधव कुमार नेपालले १२ बुँदे ब्याख्यात्मक टिप्पणीबारे अमिरिकी धारणा आउनुपर्ने र दलहरुबिच सहमति गरेर मात्र अगाडि बढ्नुपर्ने बताएका छन् ।
दुई नेताबिच सकारात्मक छलफल भएकाे जानकारी प्रवक्ता प्रकाण्डले जनपत्रिकालाई दिएका छन् ।
आज एमसीसी विरुद्धमा रहेका पार्टीहरु र बाैद्धिक वर्गहरुबिच पनि भेटघाट र विमर्श बाक्लिएकाे खबर छ ।

बुटवलमा हुने समाजवादी माेर्चाकाे कार्यक्रममा प्रचण्ड, विप्लव लगायत नेताहरुले बाेल्लान् भन्नेमा धेरैले आतुरतापूर्वक हेरिरहेका छन् । आज नै एमसीसीकाे विषयमा नेकपासहित विभिन्न पार्टीहरु औपचारिक धारणा आउन सक्ने अड्कलबाजी भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।