६ आश्विन २०८१, आईतवार

एमसीसीका उपाध्यक्षलाई नेकपाले देखायो कालोझण्डा

अखिल (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र सी र बागमती प्रदेश संयोजक अटल सीलाई गिरफ्तार

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्षलाई कालो झण्डा देखाएको छ । अमेरिकाबाट नेपाल आएका एमसीसीका उपाध्यक्ष अल्फर्ड क्यामरुनलाई नेकपा उपत्यका ब्युरो र संयुक्त जवस मोर्चाले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल बाहिर कालोझण्डा देखाएका हुन् ।

बुधबार हुने एमसीसी कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्न उपाध्यक्ष क्यामरुन आज दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । एपोर्टबाट बासस्थान जाने क्रममा नेकपा नेताकार्यकर्ताले कालो भण्डा देखाएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीले एमसीसी फिर्ता हुनुपर्ने भन्दै विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्दै आएको छ । सोमबार मात्रै नेकपाले बृहत अन्तरक्रिया गरेर यसलाई स्वीकार्न नसकिने सन्देश दिएको थियो भने आज एमसीसी प्रभावित क्षेत्रमा अन्तरक्रिया गरेको थियो ।

विरोध स्वरुप कालोझण्डा देखाउने क्रममा नेकपा निकट अखिल (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र सी र बागमती प्रदेश संयोजक अटल सीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई महानगरिय प्रहरी बृत्त गौशालामा राखिएको बुझिएको छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।