६ आश्विन २०८१, आईतवार

केही मान्छेहरु अमेरिकाको दलाली गर्न प्रतिस्पर्धा गरिरहेका छन् : सुशील

0

तनहुँ: नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य कर्णजीत सी ‘सुशील’ ले नेपालका केही मान्छेहरु व्यक्तिगत स्वार्थका लागि अमेरिकी दलाल हुन प्रतिस्पर्धा गरेर देश विरोधी काममा संलग्न भएको बताएका छन् ।मङ्गलबार तनहुँमा नेपाल कम्युनिस्ट पार्टीद्वारा आयोजित राष्ट्रघाती एमसीसी र राष्ट्रिय स्वाधीनता विषयक अन्तरकृया कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने क्रममा नेता सुशीलले यस्तो धारणा राखेका हुन् ।

एमसीसी सम्झौता कार्यान्वयन गर्ने निर्णय गर्ने षड्यन्त्र भैरहेको बेला नेकपाद्वारा अयोजित विरोध कार्यक्रम अन्तरगत भएको कार्यक्रममा नेता सुशीलले लेण्डुप दोर्जेले आफ्नो देश सिक्किमलाई भारतमा बिलय गराएर प्रदेश बनाएको सन्दर्भ कोट्याउदै  उग्र राष्ट्रवादले युक्रेन बनाउँछ भने आत्मसमर्पणवादले देशलाई सिक्किम बनाउने बताए ।

अन्तर्कृया कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य आदर्श सी ले “राष्ट्रघाती एमसीसी सम्झौता र  राष्ट्रिय स्वाधीनताको सवाल विषयक”अवधारणा पत्र प्रस्तुत गरेका थिए भने अवधारणा पत्रमाथि विभिन्न राजनीतिक दलहरूले धारणा राखेका थिए ।

नेकपा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज निशान सीको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले नेता हरिराज कडेल, माओवादी नेता रामचन्द्र सापकोटा, एकीकृत समाजवादीका पी एल श्रेष्ठ, क्रान्तिकारी कम्युनिस्ट पार्टीका बाबुराम सुवेदी, जसपा नेता अर्जुन गुरुङ, नेकपा मशालका पुष्पलाल श्रेष्ठ, वाम बुद्धिजीवी डम्बर देव कैनीले टिप्पणी गरेका थिए ।

नेकपा केन्द्रिय प्रतिनिधि समिति सदस्य एटमले सञ्चालन गरेको कार्यक्रममा नेकपा लम्जुङ इन्चार्ज गौरवले मन्तव्यद्वारा स्वागत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।