६ आश्विन २०८१, आईतवार

एमसीसी खारेजीका लागि आज देशव्यापी संयुक्त विरोध प्रदर्शन हुँदै

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले एमसीसी खारेजीकाे माग गर्दै आज देश व्यापीरुपमा संयुक्त विरोध प्रदर्शन गर्दैछन् । घाेषित संघर्षको कार्यक्रम अनुसार आज काठमाडौं उपत्यकाको माइतिघर मण्डलाबाट दिउँसो ३ बजे संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष किरण, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्टका महासचिव आहुतीले मंगलवार संयुक्त प्रेस विज्ञप्ति जारी गरी भाद्र १३ गते देशव्यापी संयुक्त विरोध प्रदर्शन, काठमाडाैँ उपत्यकामा माइतिघर मण्डलाबाट दिउँसो ३ बजे संयुक्त विरोध प्रदर्शन गर्ने संघर्षका कार्यक्रम घाेषणा गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ,’हामी चार पार्टी ५ वर्षभित्र एमसीसी परियोजना लागु गरी सक्ने सहमतीमा ल्याप्चे ठोक्ने होइन की, नेपाल सरकारसँग खारेजीको जोडदार माग गर्दछौँ । यसर्थ हस्तक्षेपकारी एमसीसी परियोजना जनसंघर्षको बलमा खारेजी गर्न आम देशभक्त नेपाली जनतालाई सडकमा उत्रिन अपिल गर्दै निम्नअनुसार जनसंघर्षको कार्यक्रम घोषणा गरेका छौँ ।’

जनसंघर्षको कार्यक्रम :–
१. भाद्र १३ गते देश व्यापी संयुक्त विरोध प्रदर्शन
२. काठमाडाैँ उपत्यकामा माइतिघर मण्डलाबाट दिउँसो ३ बजे संयुक्त विरोध प्रदर्शन

विज्ञप्तिकाे पूरा पाठ-


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।