५ जेष्ठ २०८१, शनिबार

समाजवादी मोर्चाको पोखरामा सन्देश सभा हुँदै

0

काठमाडाेैँ: समाजवादी मोर्चा नेपालको आजका लागि तय गरिएको पोखराको सन्देश सभा हुदैछ । मोर्चाको अध्यक्षमण्डलमा रहेका शिर्ष नेताहरुको सहमति अनुसार सन्देश सभा हुन लागेको हो ।
नेपाल कम्युनिष्ट पार्टीले एमसीसी सम्वन्धि आफ्नो फरक धारणा दृढ रुपमा राख्दै सन्देशसभामा सहभागी हुने निर्णय गरेको नेता अनिल शर्मा विरहीले जानकारी दिए ।
सन्देश सभामा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव,प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्वोधन गर्ने तयारी छ । सन्देश सभाको सम्पूर्ण तयारी पुरा भएको मोर्चाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।