११ श्रावण २०८१, शनिबार

पश्चिम कपिलवस्तु जिल्लाको तेस्रो पूर्ण बैठक सम्पन्न

0

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकपछि पश्चिम कपिलवस्तु जिल्लाको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।

पश्चिम कपिलवस्तु जिल्लाको पार्टीको योजना अनुसार जिल्ला समितिको बैठक भएको जनाएका छन् । बैठकमा उपस्थित नेपाल कम्युनिस्ट पार्टीका पिबिएम तथा पश्चिम लुम्बिनी ब्युरो इन्चार्ज सञ्जीव सी रहेका थिए । पश्चिम कपिलवस्तु जिल्ला इन्चार्ज नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यीय हेमन्त सी, केन्द्रीय प्रतिनिधि सदस्यीय रुषा सीको उपस्थितिमा बैठकको संचालन पश्चिम कपिलवस्तु जिल्ला सचिव पावेल सीले गरेका थिए ।

पश्चिम कपिलवस्तु जिल्लाको तेस्रो पूर्ण बैठकमा रिपोर्टमाथिको छलफल तथा राजनीतिक प्रशिक्षण नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यीय तथा पश्चिम लुम्बिनी ब्यूरो इन्चार्ज सञ्जीव सीबाट भएको थियो ।

केन्द्रको योजना ब्युरोको योजनालाई जिल्लामा १९ वटा कार्ययोजना विभाजसहित जिम्मेवारी लिएको जानकारी जिल्ला सचिव पावेलले दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।