![](https://janapatrika.com/wp-content/uploads/2023/09/1693918004117.jpg)
काठमाडौं: एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताकाे प्रश्न विषयक अन्तरक्रिया कार्यक्रम भाेलि पाल्पामा हुने भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी पाल्पाको आयाेजनामा हुने कार्यक्रममा कार्यपत्र प्रस्ताेता नेकपा स्थायी कमिटी सदस्य गोकुल सी रहेका छन् ।
अन्तरक्रिया कार्यक्रमका वक्ताहरुमा नेकपा (एस) नेता यादव बहादुर रायमाझी, वामपन्थी बुद्धिजीवी बिन बहादुर कुवर, लेखक तथा साहित्यकार निर्मल श्रेष्ठ, राप्रपा पाल्पा अध्यक्ष दुल बहादुर कुवर, विशाल दर्लामी, जगदीश भट्टराई, पदम कार्की रहेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीले एमसीसीविरुद्ध विभिन्न चरणमा निरन्तर संघर्षकाे कार्यक्रम गर्दै आइरहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्