८ कार्तिक २०८१, बिहीबार

नेकपा नेता भरत सीद्वारा भिमफेदीमा राजबन्दीहरुसँग भेटघाट तथा छलफल

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले मकवानपुरकाे भिमफेदीमा रहेका राजबन्दीहरुलाई भेटघाट तथा छलफल गरेका छन् ।
भेटघाटकाे क्रममा सरकारले सहमति अनुसार बन्दीहरुलाई रिहाई र झुट्टा मुद्दा खारेज गर्नुपर्ने किन ढिलासुस्ती भैरहेको छ भन्ने बन्दीहरुको जिज्ञासामा स्थायी समिति सदस्य भरत सीले प्रचण्ड सरकारले सहमति कार्यान्वयन गर्नेमा विश्वस्त हुन आग्रह गरे ।

मकवानपुरकाे भिमफेदी कारगारमा विभिन्न समयमा पक्राउ परेका दिपक बिष्ट, विशाल राई, सन्तोष तामाङ, नरेन्द्र तामाङ, मणिराम राई र मुस्कान राई गरि ६ जनासँग भेटघाट तथा छलफल गरेका थिए ।

उक्त भेटघाटमा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला नम्बरकाे इन्चार्ज पेमा सी पनि सहभागी रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।