७ बैशाख २०८१, शुक्रबार

रोल्पा गंगादेवका घुसिया इन्जिनियर ५० हजार सहित अख्तियारद्वारा पक्राउ

0

काठमाडौं: रोल्पाको गंगादेव गाउँपालिकामा कार्यरत इन्जिनियर नविन डाँगीलाई अख्तियारले ५० हजार घुस सहित पक्राउ गरेको छ । सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिई गएको टोलीले डाँगीलाई पक्राउ गरेको हो । 

डाँगीलाई गंगादेव गाउँपालिका २, स्थित स्वास्थ्य शाखाको भवनमा रहेको निजको निवासबाट २४ गते सुक्रवार सेवाग्राहीसँग ५० हजार घुस/रिसवत लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार अनुसन्धान आयोगले जनाएको छ ।

गंगादेव गाउँपालिकाको प्राबिधिक शाखा प्रमुखको रुपमा कार्यरत इन्जिनियर नविन डाँगीले मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस रकम माग गरेको सूचना एवं उजुरी निवेदनका आधारमा पक्राउ गरिएको अख्तियार अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताएका छन।

बिज्ञप्ति हेर्नुहोस :


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।