२१ बैशाख २०८१, शुक्रबार

एमसीसी विरुद्ध मजदुरद्वारा संघर्षको घोषणा

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी निकट मजदुर सङ्गठन अखिल नेपाल ट्रेड युनियन क्रान्तिकारी महासंघले एमसीसी विरुद्ध आन्दोलनको घोषणा गरेको छ । महासंघको आज विहान बसेको केन्द्रीय समिति बैठकले एमसीसी विरुद्ध आन्दोलनको घोषणा गरेको हो ।

बैठकले मजदुरको हकहित र राष्ट्रघाती एमसीसी परियोजना खारेजीको ठोस कार्यक्रम घोषणा गरेको बैठकको प्रमुख अतिथिसमेत रहेकी नेकपा स्थायी समिति सदस्य शिलु सीले जानकारी दिए ।  बैठक सङ्गठनका अध्यक्ष श्याम सीको अध्यक्षतामा बसेको थियो । नेपाल कम्युनिस्टको स्थायी कमिटी सदस्य तथा मजदुर फ्याक्सन इन्चार्ज शिलु सीको प्रमुख आतिथ्यता, पार्टी केन्द्रीय सदस्य जिवन्त सी, पार्टी वैकल्पिक केन्द्रीय सदस्य मिना सीको आतिथ्यमा भएको बैठकमा सहभागी मोर्चामा आबद्ध देशैभरीका केन्द्रीय समिति सदस्यहरुले भाग लिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।