५ जेष्ठ २०८१, शनिबार

वीरजङ्ग स्मृति खुल्ला पुरूष राष्ट्रिय भलिबल प्रतियोगिता काठमाडौंमा हुने

0

काठमाडौँ: नेपाल गणतान्त्रिक खेलकुद महासंघले ‘वीरजंङ्ग स्मृति खुल्ला पुरूष राष्ट्रिय भलिबल प्रतियोगिता’ यही असोज १८ देखि २१ गतेसम्म काठमाडौंको नयाँबसपार्कस्थित ढोरपाटन स्पोर्टर्स ट्रेनिङ्ग सेन्टरमा हुने बताएको छ ।
महासंघले बुधबार पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएको हो ।
उक्त पत्रकार सम्मेलनमा वीरजंङ्ग स्मृति खुल्ला पुरूष राष्ट्रिय भलिबल प्रतियोगिताबारे जानकारी दिदै महासंघका अध्यक्ष जयन्द्र चन्दले खुल्ला राष्ट्रिय भलिबल प्रतियोगिताले खेलाडीहरुको वृद्धि विकास गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पुर्याउन थप योगदान पुग्ने विश्वास लिएको बताए । उनले उक्त प्रतियोगिताको अनुमानित लागत २५ लाख रुपैयाँ रहेको उल्लेख गर्दै प्रतियोगिता सफल बनाउन आ–आफ्नो ठाउँबाट साथ र सहयोगका लागि आग्रह गरे ।


यसैगरी उक्त पत्रकार सम्मेलनमा महासंघका महासचिव विनोद चन्दले भने,- ‘आजीवन क्रान्तिका लागि तत्पर रहनुहुने एक क्रान्तिकारी योद्धा वीरजंगको स्मृतिमा हामीले यो प्रतियोगिता आयोजना गर्न गइरहेका छौँ । ’
उनले नयाँ प्रतिभाको खोजी एवं विकासमा जोड दिने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गरिएको बताए ।
उक्त पत्रकार सम्मेलनमा अञ्जन शाही ठकुरीले वीरजंग स्मृति पुरुष भलिबल प्रतियोगिता नेपालको सर्वाधिक धनराशीको प्रतियोगिता भएको बताए । उनले भलिबलको विकासका लागि यो प्रतियोगिताले एउटा ईटा थप्ने उनले विश्वास व्यक्त गरे ।
नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा हुनलागेको उक्त ‘वीरजंङ्ग स्मृति खुल्ला पुरूष राष्ट्रिय भलिबल प्रतियोगिताको प्रथम पुरस्कार पाँच लाख, द्धितीय पुरस्कार दुई लाख ५० हजार, तृतीय पुरस्कार एक लाख र सान्त्वना पुरस्कार ५० हजार रहेको जनाइएको छ भने उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट स्पाईकर, बलर, सेटर, सर्भर, डिफेन्डर र क्वीकरलाई जनही पाँच/पाँच हजार पुरस्कारको व्यवस्था रहेको महासंघले जनाएको छ । उक्त प्रतियोगिताको जम्मा पुरस्कार राशी नौ लाख ५० हजार रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।