२६ पुष २०८१, शुक्रबार

अखिल (क्रान्तिकारी) त्रि.वि. ब्यूरोको बैठक सम्पन्न, यस्ता छन् निर्णय

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) त्रि.वि. ब्यूरोको दोस्रो पूर्ण बैठक त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा सम्पन्न भएको छ ।
संगठनका सचिवालय सदस्य तथा त्रि.वि. ब्यूरो इन्चार्ज अनिल सीको अध्यक्षता, संगठनका कार्यालय सदस्य तथा बागमती कमाण्ड इन्चार्ज मदन सीको प्रमुख आतिथ्यता, संगठनका सचिवालय सदस्य द्वय डिबि सी र लोकेश सीको आतिथ्यतामा र तीनवटै जिल्ला त्रि.वि. क्याम्पस जिल्ला, इन्जिनियरिङ जिल्लामा कार्यरत केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज, अध्यक्ष, संयोजकहरुको सहभागितामा सम्पन्न बैठकले आगामी माघ १०, ११, १२, १३ गते काठमाडौमा हुने संगठनको २३ औं राष्ट्रिय सम्मेलनलाई भव्य तथा ऐतिहासिक बनाउनको निम्ति त्यसको सांगठनिक लगायत सम्पूर्ण तयारी गर्ने निर्णय लिएको छ ।


बैठकले क्याम्पस केन्द्रित अभियान संचालन गर्ने, क्याम्पसहरुमा विद्यार्थीहरुलाई सहयोगको निम्ति हेल्प डेक्स स्थापना गर्ने, केही क्याम्पसहरुमा वृक्षारोपण गर्ने, रक्तदान गर्ने, खेलकुद, हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने, राष्ट्रघाती MCC बारे क्याम्पस क्याम्पसमा पर्चा बनाएर विद्यार्थीहरुलाई वितरण गर्ने, त्रि.वि. ले परिक्षा नतिजा, पठनपाठनबारे गरिरहेको ढिलासुस्तीबारे संघर्ष गर्ने, क्याम्पसहरुमा अस्वभाविक रुपमा गरिएको शुल्क वृद्धि, छात्रवृत्ति नदिएकोबारे ध्यानाकर्षण पत्र, माग पत्र बुझाउने निर्णय गरिएको संगठनका त्रि.वि. ब्यूरो इन्चार्ज अनिल सीले जानकारी दिए ।
यस्तै बैठकले जिम्मेवारी पनि हेरफेर गरेको छ भने केहीलाई ब्यूरो कमिटीमा थप गरेको छ । जसअन्तर्गत संगठनको केन्द्रीय सदस्य यशोदा सीलाई त्रि-चन्द्र क्याम्पसको इन्चार्ज टोकेको छ भने, संगठनकै केन्द्रीय सदस्य सरस्वती सीलाई महेन्द्र रत्न क्याम्पस ताहचलको इन्चार्जको जिम्मेवारी दिएको छ ।
यस्तै पशुपति क्याम्पस अध्यक्ष चिरायु सी, रत्नराज्य (RR) क्याम्पस अध्यक्ष जगदीश (आदेस) सी, शंकरदेव क्याम्पस अध्यक्ष समीर सीलाई ब्यूरो कमिटी सदस्यमा मनोनित गरेको छ ।
यस्तै झुठा मुद्दामा प्रहरीले गिरफ्तार गरि हिरासतमा रहेका संगठनका केन्द्रीय सदस्य एवम् इन्जिनियरिङ जिल्ला इन्चार्ज प्रेम सीलाई तत्काल रिहाई गर्न बैठकले माग गरेको छ भने प्रहरीको उक्त कार्य घृणित, अपरिपक्व, गैरजिम्मेवार र पूर्वाग्रही भएको भन्दै भत्सर्ना र खेद प्रकट गरेको छ । संगठनका केन्द्रीय सदस्य प्रेम सीलाई तत्काल रिहाइ नगरे कानुनी संघर्ष र आन्दोलन गर्ने निर्णय गरेको छ यस्तै त्रि.वि. ब्यूरो अन्तर्गतकै केन्द्रीय सदस्य तथा नेपाल ल क्याम्पस इन्चार्ज रविना सी सवारी दुर्घटना परि गम्भीर घाइते भएकाले उनको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।