३ आश्विन २०८१, बिहीबार

दासत्वपूर्ण जीवन बाँच्ने की, स्वाभिमानपूर्ण जीवन जिउने भन्ने निर्णय गर्ने बेला आयाे : सन्जिव

0

प्यूठान: नेकपा पोलिट व्यूरो सदस्य तथा पश्चिम लुम्विनी व्यूरो इन्चार्ज सन्जिव सीले अब पराधिन भई दासत्वपूर्ण जीवन बाँच्नेकी, स्वाभिमानपूर्ण जीवन जिउने भन्ने विषय रोज्ने बेला भैसकेको बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी पश्चिम लुम्विनी व्यूरो अन्तरगत प्यूठानको जिल्ला स्तरिय राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा आज उनले यस्तो विचार व्यक्त गरेका हुन् । 


पश्चिम लुम्विनी व्यूरो अन्तरगत ४ नं. जिल्ला प्यूठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेता सन्जिव सीले एमसीसी सम्झौताले राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र अखण्डतामाथि नै नाङ्गो हस्तक्षेप गरी अन्त्यमा नेपाललाई यूक्रेनको अवस्थामा पु¥याई पराधिन मुलुक बनाउने अमेरिकी षड्यन्त्र रहेकोले राष्ट्रघातका विरुद्ध सिंगो देश बहादुरीतापूर्वक स्वाधिनताको लडाइमा जुट्नुपर्ने बेला भएको बताए ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज जागृति सी र केन्द्रिय प्रतिनिधि समिति सदस्य तथा प्यूठानका पूर्व इन्चार्ज सुर्यप्रकाश सी, विशेष कमिटी सदस्य तथा नेकपा प्यूठानका पूर्व सेक्रेटरी अजय सी, शहिद परिवार तथा जिल्ला सल्लाहकार मोहन सी लगायतले कार्यक्रम सफलताको शुभकामना तथा प्रशिक्षणमुलक मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम जिल्ला सेक्रेटरी परिवर्तन सीको अध्यक्षता, जिल्ला सचिवालय सदस्य बाम बहादुर सीको स्वागत मन्तव्य सँगै जिल्ला सचिवालय सदस्य मुस्कान सीको सन्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा पश्चिम लुम्विनी व्यूरो अन्तरगत सामना साँस्कृतिक परिवारले साँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।