११ कार्तिक २०८१, आईतवार

युवा संगठनद्वारा मुल्यबृद्धिप्रति रामेछाप र काभ्रे जिल्ला प्रशासन कार्यालयकाे ध्यानाकर्षण

0

 

नेपाल कम्युनिस्ट पार्टीकाे भातृ संगठन युवा संगठन नेपाल  पुर्वी ताम्सालिङ ब्युराेले उपभाेग्य सामाग्रीहरुकाे मुल्यबृद्धिप्रति रामेछाप र काभ्रे जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
महंगी, कालोबजारी, खाद्य वस्तुको बिक्रीवितरण र कृतिम अभावले चरम सिमा नाघ्दै गएको तथा विभिन्न किसिमका सामाजिक बेथितीहरुका विरूद्ध सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै संगठनले रामेछाप र काभ्रे जिल्ला प्रशासनकाे ध्यानाकर्षण गराएको हो ।

नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले कृतिम अभाव सृजना गर्नेहरुलाई कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ । युवा संगठन नेपालले देशभरका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै कृतिम अभाव सृजना गर्नेलाई कारबाहीको माग गरेको हो ।

पछिल्लो समयमा मौलाउदै गएको महंगी, कालोबजारी, अखाद्य बस्तुको बिक्रीवितरण र कृतिम अभावले चरम सिमा नाग्दै गएको भन्दै ध्यानाकर्षण गराएको हो । ‘खाद्यान्न वस्तुहरु लुकाई कृतिम अभाव सृजना गर्नु, राज्यद्वारा निर्धारित गरिएको मुनाफा २० प्रतिशत भन्दा कैयौं गुणा मुनाफा लिनु तथा म्याद सकियाका अखाद्य वस्तुहरुको बिक्रीवितरण गर्ने कार्य भैरहेको अवगत गराउँदछौं ।’,रामेछापमा बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘यो अवधी भनेको चाडपर्वको अवधी भएकोले माथी उल्लेखित ब्यथितिहरु चरमरुपमा बढ्दै छन् । तसर्थ ब्यथिति गर्नेहरुलाई नियन्त्रण र कार्बाही गरि जनतालाई सहज वातावरण सृजना गर्न ध्यानाकर्षण गर्दछौं ।’
मौजुदा राज्यका नियम कानुनहरुलाई लागू गराउनु, साना ठुला उद्योग कलकारखाना तथा व्यापार व्यवसायीहरुलाई नियमन र नियन्त्रण गर्नु यस कार्यालयको प्रमुख दायित्व भएकोले नियमित रुपमा उक्त कार्य गर्न समेत सचेत गराएको छ । ५ बुँदे ध्यानाकर्षण पत्रमा कृतिम अभाव सृजना गर्नेहरुलाई अध्ययन, अनुगमन र कार्बाही गरी सहज वातावरण बनाउन, चरम रुपमा मौलाउदै गएको महंगी नियन्त्रण गरि कार्बाही गर्न, अखाद्य वस्तु (म्याद सकियका गुणस्तरहिन) हरुको बिक्रीवितरण भैरहेको हुँदा उक्त कार्यलाई नियन्त्रण गरि हदै सम्मको कार्बाही गर्न, वस्तुको खरिद मुल्यको २० प्रतिशत मुनाफा लिन पाउने राज्यको नियम विपरित सत प्रतिशत वा सो भन्दा बढी मुनाफा लिने कार्य व्यापक रुपमा बढेकोले उक्त कार्यहरुलाई नियन्त्रण गरि कार्बाही गर्न र यस कार्यालयको अधिकार क्षेत्रभित्र हुने भ्रष्टाचार, कमिसन, सरकारी सम्पत्तिको दोहन, चोरीपैठारी, लागू औषध कारोबार तथा सामाजिक अपराधहरुको नियन्त्रण र कार्बाही गर्न जोडदार माग गरेको छ ।पछिल्लो समयमा मौलाउदै गएको महंगी, कालोबजारी, खाद्य वस्तुको बिक्रीवितरण र कृतिम अभावले चरम सिमा नाग्दै गएको हुँदा, खाद्यान्न वस्तुहरु लुकाई कृतिम अभाव सृजना गर्नु, राज्यद्वारा निर्धारित गरिएको मुनाफा भन्दा कैयौं गुणा मुनाफा लिन तथा म्याद सकिएका अखाद्य वस्तुहरुको बिक्रीवितरण गर्ने कार्य भैरहेको हुँदा यस्ता कार्यमा सम्बन्धित निकायहरुले सशक्त पहल गर्नुपर्ने मागहरु उक्त ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्रमा उल्लेख गरिएका ५ बुँदाहरू निम्न छन् :
१)कृतिम अभाव सृजना गर्नेहरुलाई अध्ययन, अनुगमन र कार्बाही गरी सहज वातावरण बनाउन माग गर्दछौं ।
२)चरम रुपमा मौलाउदै गएको कृतिम महंगी नियन्त्रण गरि कार्बाही गर्न माग गर्दछौं ।
३)अखाद्य वस्तु (म्याद सकिएका गुणस्तरहीन) हरुको बिक्री वितरण भैरहेको हुँदा उक्त कार्यलाई नियन्त्रण गरि हदै सम्मको कारबाही गर्न माग गर्दछौं ।
४)वस्तुको खरिद मुल्यको २० प्रतिशत मुनाफा लिन पाउने राज्यको नियम विपरित सत प्रतिशत वा सो भन्दा बढि मुनाफा लिने कार्य व्यापक रूपमा बढेकोले उक्त कार्यहरुलाई नियन्त्रण गरि कर्बाही गर्न माग गर्दछौँ
५)यस कार्यालयको अधिकार क्षेत्र भित्र हुने भ्रष्टाचार, कमिसन, सरकारी सम्पतिको दोहन, चोरीपैठारी, लागू औषध कारोबार तथा सामाजिक अपराधहरुको नियन्त्रण र कार्बाही गर्न जोडदार माग गर्दछौँ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।