११ कार्तिक २०८१, आईतवार

उदीयमान पुर्वी सभ्यताको विरुद्ध एमसीसी आएको छ : विकिरण सी

0

चीन र अमेरिकाका बिचमा विश्वमा को हाबी हुने भन्ने टक्कर छ । भारत, चीन, जापान, पुर्वी एशिया शक्तिशाली छन् । माओत्सेतुङगले भने झैँ पश्चिमी वायुमाथि पुर्वीय सभ्यता र शक्तिलाई नियन्त्रण गर्न एमसीसी आएको हो । तसर्थ एमसीसी यथार्थमा आइपिएसकै अंग हो । एमसीसी पारित हुँदैमा लागू हुन्छ नै भन्ने छैन । लागु गर्नुपर्छ भन्ने पनि छैन । लागू वा पारित भएपछि खारेज भएका नजिर पनि छन् । त्यसैले हामीले एमसीसीको विषयमा साझा धारणा बनाउनु पर्दछ । कोभिड –१९, आर्थिक सङ्कट, समाजवाद अनेक विषयहरु छन् । राजनीतिक सङ्कट चुलिदै गएको छ । श्रम पलायनको विषयमा पनि साझा धारणा छैन । दलाल पुँजिवादी व्यवस्था मुख्य समस्या हो । नेपाली विशेषताको समाजवाद कस्तो हुन सक्छ । हाम्रो चेतना आलोचनात्मक हुन सकेका छैन । यस्ता साझा मञ्चले निकास खोलोस् भन्ने हाम्रो अपेक्षा छ ।
(नेकपाका केन्द्रीय सदस्य तथा धौलागिरी ब्यूरो इञ्चार्ज विकिरण सीले २०८० असोज १२ गते नेकपा, म्याग्दीद्वारा बेनीमा आयोजना गरेको तथा नेकपाका स्थायी समिति सदस्य अनिल विरहीद्वारा प्रस्तुत ‘एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न’ विषयक गोष्ठिमा व्यक्त विचारको सम्पादीत अंश, शिर्षक हामीले लिएका हौं – सम्पादक)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।