११ कार्तिक २०८१, आईतवार

नयाँ नेताहरुको विदेश नीति स्पष्ट छैन – विष्णु अधिकारी

0

काङ्ग्रेस एमसीसी परियोजनाको समर्थक पार्टी हो । तर देश कता गईरहको छ थाहै छ । चुनावी गठबन्धन प्रेरित गठजोडले देशलाई ठिक गरिरहेको छ कि छैन ? प्रश्न उठेको छ । संयुक्त राष्ट्रसंघको महासभा २०२३ ले एमसीसीलाई अनुमोदन गरेका छ । एमसीसीको लगानी विद्युत प्रशारण लाईन र सडक हो । हामी दाताविना चल्ने अवस्थामा छैनौं । काङ्ग्रेसको दोहोरो नीति छैन । पारित नहुदै काङ्ग्रेसको केन्द्रीय समितिको बैठकले एमसीसी विरुद्धका गतिविधिहरुलाई गम्भीरतापूर्वक लिन्छ भनेको थियो । नयाँ पार्टी र त्यसका नेताहरुको विदेश नीति स्पष्ट छैन । विदेशी सहयोग चाहिन्छ कि चाहिदैन भन्ने छलफल चलिरहेको छ । देशको यथार्थ स्थिति बुझेर धारणा बनाउनु पर्छ ।
(नेपाली काङ्ग्रेस काँस्कीका प्रतिनिधि अधिकारीले २०८० असोज १५ गते पोखरामा भएको ‘एमसीसी र राष्ट्रिय स्वाधीनताको प्रश्न’ विषयक गोष्ठीमा व्यक्त गर्नु भएको विचारको सम्पादीत अंश )


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।