११ कार्तिक २०८१, आईतवार

महत्त्वपूर्ण निर्णयसहित श्रमिक मोर्चाको बैठक सम्पन्न

0

कास्की: नेपाल कम्युनिस्ट पार्टी निकट श्रमिक समुदाय मोर्चा नेपाल, केन्द्रीय समितिको पाँचौ पूर्ण बैठक महत्त्वपूर्ण निर्णयसहित सम्पन्न भएको छ । कास्कीको पोखरामा शुक्रबारदेखि सुरु भएको बैठक आज सम्पन्न भएको हो ।

एकता प्रक्रियामा आएकालाई जिम्मेवारी ठोस, दशै लगत्तै संगठनात्मक अभियान सञ्चालन गर्ने,  ‘सी’ संस्कृतिको विकासमा जोड दिने, समाजवादी अभियानलाई अगाडि बढाउने, उत्पादन कार्यलाई थप बढाउँदै लैजाने, सूचना – प्रविधिलाई उपयोग र व्यवस्थित गर्दै लैजाने, आधुनिक विभेद र अन्याय विरुद्ध सशक्त संघर्ष गर्ने लगायत विभिन्न  निर्णय बैठकले गरेको छ ।

मोर्चाले केन्द्रीय विभागको जिम्मेवारी समेत हेरफेर गरेको छ । ‘सी’ संस्कृति अध्ययन समिति प्रमुख रामलाल सी, सहिद गाथा प्रकाशन समिति प्रमुख उमेश सी, सूचना-सञ्चार तथा अर्थ विभागको प्रमुख निशान सी, उत्पादन विभाग प्रमुख विक्रम सी, सामाजिक न्याय विभाग प्रमुख सागर सी लाई बैठकले जिम्मेवारी दिएको छ ।

बैठकका निर्णयहरु गम्भीरतापूर्वक पूरा गर्नका लागि मोर्चाका अध्यक्ष तथा बैठकका सभाध्यक्ष रामलाल सीले सबै सदस्यहरुलाई निर्देशन दिए । बैठकका प्रमुख अतिथि नेकपाका स्थायी समिति सदस्य  सुशिल सीले  धार्मिक साम्प्रदायिकवादी आतंक र वैदेशिक सांस्कृतिक हस्तक्षेप रोक्न र जातीय मुक्तिका लागि ‘सी’ संस्कृतिको विकास गर्नुपर्ने बताए ।

बैठकका विशेष अतिथि नेपाल कम्युनिस्ट पार्टीका पिबिएम तथा पश्चिम गण्डकी ब्युरो इन्चार्ज राजन सीले नेकपा कुनै स्वार्थमा नरहेर परिवर्तनकारी बाटोमा अगाडि बढेको हुनाले सबैले आशा र भरोसा गरिरहेको बताए ।

बैठकमा नेकपा, कास्की जिल्ला इन्चार्ज उभार सी, पर्वत जिल्ला इन्चार्ज किरण सी, प्रतिनिधि सदस्य बुलेट सी लगायत नेताहरूको उपस्थिति रहेको थियोे । मोर्चाका महासचिव त्रिलोचन सीले सञ्चालन, सचिव उमेश सीले बैठकलाई  सहजीकरणका गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।