८ पुष २०८१, सोमबार

अखिल (क्रान्तिकारी) पोखरा विश्वविद्यालय उपत्यका जिल्लाको सम्मेलन सम्पन्न, अध्यक्षमा सविन

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) पोखरा विश्वविद्यालय उपत्यका जिल्ला समितिको सातौं जिल्ला सम्मेलन कान्तिपुर डेन्टल कलेज धापासी काठमाडौँमा सम्पन्न भएको छ ।
स्वदेशमै बसौं स्वदेशमै पढौँ !
वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको निम्ति संघर्ष गरौं !! भन्ने मूल नारासहित पोखरा विश्वविद्यालय उपत्यका जिल्ला संयोजक सविन सीको अध्यक्षतामा सुरु भएको सम्मेलनको प्रमुख आतिथ्यता नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति सदस्य तथा विद्यार्थी फ्र्याक्सन इन्चार्ज शिलु सीको रहेको थियो भने बिशिस्ट आतिथ्यता अखिल (क्रान्तिकारी) का उपाध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य नरेन्द्र सी को रहेको थियो यस्तै, नेकपाका केन्द्रीय सदस्यहरु भृकुटी सी, आरोह सी, अखिल (क्रान्तिकारी) का महासचिव ललित सी, कार्यालय सदस्य तथा बागमती कमाण्ड इन्चार्ज मदन सी, सचिवालय सदस्यहरु अनिल सी, डिवि सी, लोकेश सी, सुवास सी, केन्द्रीय सदस्यहरु यशोदा सी, हस्त सी, सरस्वती सीको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि शिलु सीले नेपालको वर्तमान शिक्षा प्रणालीले नेपाली विद्यार्थीहरुलाई धोका दिएको भन्दै यो शिक्षा प्रणाली बदल्न र समाजवादी शिक्षा नीति स्थापना गर्न सबै युवा विद्यार्थी एकजुट हुनुपर्ने बताइन् ।साथै उनले अहिलेको शिक्षा प्रणालीमा दलाल तथा शैक्षिक माफियाहरुले ब्रमलुट मच्चाइरहेको, व्यापारको वस्तु बनाएको भन्दै यसलाई रोक्नु पर्ने दायित्व क्रान्तिकारी विद्यार्थीको भएकाले त्यसतर्फ ध्यान दिन निर्देशन दिइन् ।
यस्तै सम्मेलनका विशिष्ट अतिथि अखिल (क्रान्तिकारी) का उपाध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य नरेन्द्र सीले प्राविधिक शिक्षालाई खोज अध्ययन अनुसन्धान मुलक बनाउनु पर्नेमा राज्यको ध्यान नपुगेको भन्दै समाजवादी राज्य व्यवस्थाबाट मात्र शैक्षिक क्षेत्रमा देखिएका तमाम समस्याहरु हल हुने बताए
अर्का अतिथि अखिल (क्रान्तिकारी) का महासचिव ललित सीले शैक्षिक दलाल तथा माफियाहरुसंग अखिल क्रान्तिकारी निरन्तर लड्दै विद्यार्थीको सेवामा अहोरात्र खतिरहेको भन्दै यो व्यवस्था र शिक्षा नीति बदल्न सबै लाग्नु पर्ने बताए ।
यस्तै संगठनका कार्यालय सदस्य तथा बागमती कमान्ड इन्चार्ज मदन सीले प्यानल प्रस्ताव गरेका थिए ।
सम्मेलनमा अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा त्रिवि ब्यूरो इन्चार्ज अनिल सी, सचिवालय सदस्यहरु सुवास सी, डिवि सी, लोकेश सीले निर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिएका थिए ।
पोखरा विश्वविद्यालय उपत्यका जिल्ला समितिको सातौं जिल्ला सम्मेलनले अध्यक्षमा सविन सी, उपाध्यक्ष दिवस सी, सचिव अजित सी, सहसचिव शिशिर सी, कोषाध्यक्ष दिपकलाई निर्वाचित गर्दै पोखरा विश्वविद्यालय उपत्यका जिल्ला समितिकाे सम्मेलन सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।