१ जेष्ठ २०८१, मंगलवार

इजरायल र प्यालेस्टाइन युद्धबाट पीडित नेपाली विद्यार्थीको सुरक्षा गर्न अखिल (क्रान्तिकारी) को माग

0

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले इजरायल र प्यालेस्टाइन विच भएको युद्ध र त्यसबाट नेपाली विद्यार्थीसहित सयौं सर्वसाधारण जनताको हताहती र धनजनको क्षति भएकोप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अखिल (क्रान्तिकारी) का संयाेजक प्रकाश सीले एक विज्ञप्ति जारी गर्दै इजरायलमा नेपालका विभिन्न विश्वविद्यालय कृषि पशु विज्ञान अध्ययन गर्न गएका विद्यार्थी मध्यका १४ जना नेपाली विद्यार्थीहरु काम गर्ने किबुज कम्युनिटीको एक कृषि फार्ममा प्यालेस्टाइनी विद्रोही समूहले हमासको आक्रमणबाट ९ जना घाइते भएको र घाइतेमध्य दुईजनाको अवस्था गम्भीर रहेको भन्दै घाइतेहरुको यथासिघ्र उपचारको व्यवस्था गर्न, हराइरहेका नागरिकको खोजी गर्न, बन्दक बनाइएका विद्यार्थीहरुको तत्काल उद्दार गर्न र सबै नेपाली विद्यार्थीहरुलाई तत्काल सुरक्षा प्रदान गर्दै नेपाल फिर्ता गर्न माग गरेका छन् ।

प्रेस विज्ञप्तिको पूर्ण पाठ-
हिजो विहानबाट इजरायल र प्यालेस्टाइन बिच भइरहेको युद्ध र यसबाट नेपाली विद्यार्थी समेत सयौँ सर्वसाधारण जनताको हताहति र धनजनको क्षति भएको प्रति हाम्रो संगठनको गम्भिर ध्यानानकर्षण भएको छ ।
जनतालाई लडाउने र निरन्तरको युद्धको व्यापार गर्ने पहिला वेलायती र अहिले अमेरिकी साम्राज्यवादको निति बमोजिम यो क्षेत्र अनन्त युद्धमा घकेलिरहेको छ । । यस पटकको लडाईमा ईजरायलमा चितवनको कृषि तथा बन बिज्ञान विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबाट कृषि, पशु विज्ञान र वन संकायमा अध्ययन गर्न गएका विद्यार्थीहरु मध्ये १४ जना नेपाली बिद्यार्थीहरु काम गर्ने किबुज कम्युनिटीको एक कृषि फार्ममा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणबाट ९ जना घाइते भएको खबर छ । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको खबर छ । घाईते बिद्यार्थीहरु सुदूरपश्चिम विश्वविद्यालय कृषि संकाय अन्तर्गत टिकापुर बहुमुखी क्याम्पसका रहेको भन्ने जानकारी आएको छ । हामी आक्रमणमा परि हताहत भएका, हराईरहेका नेपाली नागरिकहरुको अवस्थाको खोजी गर्न, घाइते विद्यार्थीको यथाशीघ्र उपचारको प्रबन्ध गर्न जोडदार माग गर्दछौं । साथै प्यालेस्टाइनि विद्रोही समुह हमासद्वारा केही युवाहरूलाई बन्धक बनाएको भन्ने खबर पनि छ । बन्दक बनाइएका विद्यार्थीको तत्काल उद्वारका लागि नेपाल सरकार र इजरायल स्थित नेपाली दूतावासलाई विशेष पहल आग्रह गर्दछौँ । साथै इजरायलमा रहेका सबै नेपाली विद्यार्थी र नागरिकहरूलाई तत्काल सुरक्षाको व्यवस्था गर्न र सुरक्षित नेपाल फिर्ता गर्न पनि माग गर्दछौं ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।