काठमाडौं: इजरायलमा हमासको आक्रमणमा परी मारिएका नेपाली विद्यार्थीको सम्झनामा अखिल (क्रान्तिकारी) पश्चिम जनकपुर ब्युरोद्वारा दीप प्रज्वलन गरिएको छ । सोमबार सिन्धुली जिल्लाको सदरमुकाम माढीमा दिप प्रज्वलनसँगै कोणसभा गरिएको हो ।
कोणसभामा सम्वोधन गर्दै अखिल (क्रान्तिकारी) पश्चिम जनकपुर ब्युरो इन्चार्ज रमेश सीले युद्ध क्षेत्रमा फसेका नेपालीको पहिचान गरी तत्काल उद्धार गर्न माग गरेका छन् । उनले घाइते विद्यार्थीको तत्काल उद्धार गरी उपचारको व्यवस्था मिलाउन जोडदार माग राखेका छन् । इन्चार्ज रमेश सीले एक प्रेस विज्ञप्तिमार्फत ज्यान गुमाउने नेपालीप्रति दुःख व्यक्त गरेका छन् ।
कार्यक्रममा सिन्धुली जिल्ला इन्चार्ज शशिसी समेतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्