१० पुष २०८१, बुधबार

वर्षाको कारण भत्किएको म्याग्दीका सन्दीप पुनको घर नेकपाद्वारा पुनर्निर्माण

0

वर्षातको समय सकियो भन्ने बेला असोज सुरु हुने लगत्तै केहि दिन लामो पानीको वर्षात भयो त्यहीँ वर्षातको कारण असोज ४ गते म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नम्बर ३ भकिनेमा बस्दै आएको सन्दीप पुनको घर भत्किएको थियो ।

बस्ने घर गुमाउदा सन्दीप चिन्तामा परे, त्यसपछि उनले नजिकैबाट बुझेका राजनीतिक दलहरूमध्य नेपाल कम्युनिस्ट पार्टीसँग आफ्नो घर भत्किएको र बस्ने बास नभएको पिडा सुनाए ।

त्यसलगत्तै नेपाल कम्युनिस्ट पार्टी म्याग्दी वडा कमिटी सदस्य पुर्ण सीको नेतृत्त्वमा नगरपालिको आर्थिक सहयोगमा सन्दीपकाे भत्किएको घर पुनर्निर्माण सुरु गरियाे । नगरपालिकाले रु. पन्ध्र हजार उपलब्ध गराएको र नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी अविरल सि, भक्त सि, वडा कमिटी सदस्य गोबिन्द सि, खिम सि, झलक सि, कुर्सन सि लगाएत पार्टीका नेता कार्यकर्ताहरुको श्रमदानबाट भत्किएको घर पुनर्निर्माण गरिएको  छ ।

फेरि नयाँ घर बन्दा सन्दीपको मुहारमा खुसी छाएको छ । उनले जनताको दु:ख सुखमा साथ दिने नेपाल कम्युनिस्ट पार्टीलाई धन्यवाद दिदै साच्चिकै अब देशको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीलाई जिम्मा दिने हो भने देशले मुहार फेरिने बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।