७ पुष २०८१, आईतवार

नेकपा काठमाडौं जिल्ला नम्बर ३ ले वृक्षारोपण गरेर मनायो ‘सी’ स्मृति दिवस

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी, काठमाडौं जिल्ला नम्बर तीनले बृक्षारोपण गरेर सी स्मृति दिवस मनाएको छ । दिवंगत आफन्तहरुको सम्झनामा नेकपा काठमाडौं जिल्ला नम्बर तीनले त्रिभूवन पार्कमा बृक्षारोपण गरेर सी स्मृति दिवस मनाएको हो ।

पार्क हाताभित्र १० वटा फलफूलका विरुवाहरु रोपेर नेकपाले सी स्मृति दिवस मनाएको हो । बृक्षारोपण कार्यक्रममा जिल्जा इन्चार्ज डिआर सीीको प्रमुख आतिथ्यता रहेको थियो । उनले बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जिल्ला नम्बर तीन इन्चार्ज डिआर सीले सी सहिद पार्कमा बृक्षारोपण गरेर सहिदलाई सम्झिदै सी स्मृति दिवस मनाएको बताए ।

नेकपाले रुदाक्ष, एबोकार्डो, सुन्तला, कागती, अम्बा लगायतका विरुवाहरु रोपेको थियो । जिल्ला सेक्रेटरी दिव्य सीले कार्यक्रम संचालन गरेका थिए । नेपाल कम्युनिस्ट पार्टीको ९औं महाधिवेशनबाट असोज २५ गते सी संस्कृतिको रुपमा सी स्मृति दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार नेकपाले देशभर पहिलो सी स्मृति दिवस मनाएको हो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।