१६ बैशाख २०८१, आईतवार

नेकपाले थाल्यो नयाँ संस्कार , प्रत्येक वर्ष असोज २५ गते मृत आफन्तजनलाई सम्झिने

0

तुलसीपुर: नेत्रविक्रम विप्लव सी नेतृत्वको नेकपाले मृतक आफन्तजनलाई सम्झिने पुरानो नेपाली परम्परालाई तोडेको छ ।
पार्टीको नवौं महाधिवेशनबाट पुरानो परम्परागत जातिको विकल्पमा नयाँ जाति सी जाति अथवा कम्युनिस्ट , साम्यवादी जाति बनाएको नेकपाले सी संस्कृति अवलम्बन गरिरहेको छ ।

सो पार्टीका अनुसार नेपाली समाजमा मृतकलाई सम्झिने परम्परा अनुसार श्राद्द गर्ने , विभिन्न धार्मिक यज्ञ , कार्यक्रमहरु गर्ने परम्परालाई तोड्दै पार्टीले प्रत्येक वर्ष असोज २५ गते पार्टीको आयोजनामा मृत आफन्तजन स्मृति दिवस मनाउने नेकपाका केन्द्रीय सदस्य एवम पार्टीका पश्चिम दाङका इन्चार्ज प्रदिप सीले बताए ।

सी संस्कृति अनुसार आज नेकपा पश्चिम दाङले तुलसीपुरमा मृत आफन्तजन प्रथम स्मृति दिवसको व्यानरसहित मृत आफन्तजनका फोटाहरुमा माला , टीका अर्पण गर्दै मृतक आफन्तजनप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो ।

नेकपाका अनुसार सी संस्कृतिको अनुसार विवाह समारोह , मृत्यु संस्कार , मृत आफन्तजनलाई स्मरण गर्ने सबै सांस्कृतिक मूल्य मान्यताहरु पुरानो परम्पराको विकल्पमा नयाँ सी संस्कृति अनुसार मनाउने जनाएको छ ।

जसमा नेकपाले मृत्यु संस्कार ५ दिनसम्म विविध कार्यक्रम गरि शोक मनाउने , विवाहलाई पुरानो संस्कार भन्दा नयाँ जनवादी शैलिमा गर्ने , परिवारमा बच्चा जन्मदा जीवन कोष खडा गर्ने , मृत्युमा अक्षयकोष स्थापना गर्ने भएको छ ।

सी संस्कृतिलाई थप व्यवस्तित विकास गर्दै जनतालाई नयाँ वैज्ञानिक संस्कृतीमा बाध्दै जाने नेकपाका एक नेताले बताए ।

नेकपा पश्चिम दाङका सेक्रेटरी निर्मल सीको अध्यक्षतामा भएको स्मृती दिवस कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम पश्चिम दाङका इन्चार्ज प्रदिप सीको प्रमुख आतिथ्य रहेको थियो भने कार्यक्रममा नेकपाका केन्द्रीय प्रतिनिधि समितिका सदस्य एवम् पार्टीका राप्ती ब्युरो कार्यालय सचिव विकास सी , गणतान्त्रिक खेककुद महासंघ लुम्बिनी प्रदेश इन्चार्ज रुद्र सी , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हेमन्त प्रकाश ओली , नेकपा बबई गाउँकमिटिका इन्चार्ज उज्वल सी , अनेमसङ्घ क्रान्तिकारी पश्चिम दाङ जिल्ला अध्यक्ष प्रकृति सी , सहिद परिवार भिमकली ओली लगाएतको आतिथ्य रहेको थियो ।

नेकपा बबई गाउँकमिटीका इन्चार्ज उज्वल सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हेमन्त प्रकाश ओली , गणतान्त्रिक खेलकुद महासंघका लुम्बिनी प्रदेशका इन्चार्ज रुद्र सी , नेकपाका राप्ती ब्युरो कार्यालय सचिव विकास सी , नेकपाका केन्द्रीय सदस्य एवम पश्चिम दाङका इन्चार्ज प्रदिप सीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण नेकपा तुलसीपुरका इन्चार्ज भुवन सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।