१५ मंसिर २०८१, शनिबार

राष्ट्रिय स्वाधीनता र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया थबाङमा सम्पन्न

0

थबाङ: नेपाल कम्युनिस्ट पार्टी थबाङ गाउँपालिकाको आयोजनामा राष्ट्रिय स्वाधीनता र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेकपाका स्थायी समिति सदस्य विषम सीको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रमको अध्यक्षता नेकपाका केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज सम्झना सीले गरेकी थिइन् ।


कार्यक्रममा नेकपाका राप्ती ब्यूरो इन्चार्ज सविन सी, नेकपा (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश कमिटी सदस्य तथा थबाङ गाउँपालिका इन्चार्ज दिनेश रोकामगर (क. मौसम), थबाङ गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढा (सबिन) नेकपा माओवादी केन्द्र थबाङका सचिव ग्रीस पुन मगर, MNO का थबाङ्का अध्यक्ष दिलकुमार झाँक्री, वीर बल भद्र नमुना माध्यमिक विद्यालय थबाङका प्र.अ. कुलबहादुर ओली, स्थानीय पत्रकार गोबिन वि.क.को आतिथ्यता रहेको कार्यक्रममा नेकपा रोल्पाका विशेष कमिटी सदस्य प्रताप सीले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सञ्चालन राप्ती ब्यूरो सदस्य हितप्रसाद सी विप्लवले गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख सन्तोष सीले अवधारणा- पत्र प्रस्तुत गरेका थिए । अवधारणा पत्रमा आ-आफ्नो प्रतिक्रिया तथा टिप्पणी गर्दै MNO थबाङका अध्यक्ष दिलकुमार झाँकृ, बजार ब्यबस्थापन समिति अध्यक्ष दलसुर रोका, विद्यालयको तर्फबाट प्र.अ. कुलबहादुर वली, थबाङ गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढा, माओवादी केन्द्र थबाङ गाउँपालिका इन्चार्ज मौसम रोका र नेकपाका राप्ती ब्यूरो इन्चार्ज सविन सीले बोलेका थिए ।
अन्तरक्रियाका आएका र उठेका जिज्ञासाकाे जवाफ प्रमुख अतिथिले दिएका थिए ।
सयौंको सङ्ख्यामा सुरु भएको अन्तरक्रिया कार्यक्रम साँझ ६ बजे सहिद स्मृतिसभा भवन थबाङ १ झकेबाङमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।