१४ बैशाख २०८१, शुक्रबार

एक सातामै २६ सयले घट्यो सुनको मूल्य

0

काठमान्डौ। यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो सातामा उक्त मूल्यले सुनको भाउ घटेको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा घटेर प्रतितोला ९४ हजार ६०० रुपैयाँमा आइपुगेको हो । यस्तै, यो साता तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ छ ।

शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर सोमबार स्थिर कायम भएको थियो । यस्तै, मंगलबार १०० रुपैयाँले बढेको सुनको भाउ त्यसपछि भने निरन्तर घट्न थालेको थियो । बुधबार एकै दिन १ हजार ६०० रुपैयाँ र विहीबार १ हजार ४०० रुपैयाँले घटेको थियो । जुन, शुक्रबार स्थिर कायम थियो ।

यसैगरी, यो साता चाँदीको मूल्यमा समेत ठूलो गिरावट आएको छ । गत साताको शुक्रबार प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको चाँदी यो साताको शुक्रबार ११ सय ८५ रुपैयाँमा आइपुगेको छ । यो एक सातामै चाँदीको मूल्यमा आएको २५ रुपैयाँको गिरावट हो ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।