२ जेष्ठ २०८१, बुधबार

युवा संगठन नेपालद्धारा नेकपाका महासचिव विप्लवलाई साउण्ड सिष्टम र रोष्टम हस्तान्तरण

0

कपिलवस्तु । युवा संगठन नेपालले नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयका लागि साउण्ड सिष्टम र रोष्टम हस्तान्तरण गरेको छ ।

नेकपाको केन्द्रीय कार्यालय शिवगढीमा नेकपाका महासचिव विप्लव सी मार्फत युवा संगठन नेपालले साउण्ड सिष्टम र रोष्टम सोमवार हस्तान्तरण गरेको हो ।

युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जंगली सी र महासचिव तिलक सीले नेकपाका महासचिव विप्लव सीलाई साउण्ड सिष्टम र रोष्टम हस्तान्तरण गरेका थिए ।

सो अवसरमा नेकपाका महासचिव विप्लवले युवा संगठनका अध्यक्ष,महासचिव तथा सिंगो युवा संगठनलाई हार्दिक बधाई  सहित धन्यवाद दिएका छन ।

हस्तान्तरण गरिएको साउण्ड सिष्टम र रोष्टम नेकपाको केन्द्रीय कार्यालयमा राखिने छ । पार्टी तथा जनवर्गीय संगठनका कार्याक्रम हुदा साउण्ड सिष्टम र रोष्टमको प्रयोग हुने नेकपाको केन्द्रीय कार्यालय श्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।