२२ बैशाख २०८१, शनिबार

हृदयघातले चीनका पूर्वप्रधानमन्त्रीको निधन

0

काठमाडौं । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको हृदयघाले निधन भएको छ । ६८ वर्षीय पूर्वप्रधानमन्त्री खछ्याङको हृदयघातका कारण बिहीवार राति निधन भएको चिनियाँ सञ्चारमाध्मयले जनाएका छन् ।

पूर्वप्रधानमन्त्री लि शङ्घाईमा बस्दै आएका थिए । उनी सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) मा राष्ट्रपति सी जिनपिङपछिको दोस्रो बरीयताका नेता हुन ।
सीपीसीको तल्लो तहबाट उठ्दै माथि पुग्ने नेताहरूमा गनिने ली खछ्याङलाई कुनै समय भावी प्रधानमन्त्री भनेर समेत चर्चा हुने गरेको थियो । पेकिङ विश्वविद्यालयमा अध्ययन गरेका उनी अर्थनीतिको जानकार पनि थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।