४ आश्विन २०८१, शुक्रबार

नेकपा दक्षिण-पूर्व मकवानपुरद्वारा भूकम्प पीडितका लागि संकलन गरेको राहत सामाग्री सार्वजनिक

0

मकवानपुर: नेपाल कम्युनिस्ट पार्टी दक्षिण-पूर्व मकवानपुरले भूकम्प पीडितका लागि संकलन गरेको राहत सामाग्री सार्वजनिक गरेको छ । नेकपाले सन्चालन गरेको राहत संकलन अभियानमा मकवानपुरबाट संकलित आर्थिक तथा जिन्सी सहयोग पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

कार्तिक १७ गते गएको ६.४ रेक्टरको विनाशकारी भूकम्पमा परि ज्यान गुमाएका र घाइते भएका जाजरकोट र पश्चिम रुकुमको भूकम्प पीडितका लागि नेकपाले राहत संकलन अभियान सन्चालन गरेको थियो । नेकपाले १९ गते आइतबारदेखि सुरु गरेको अभियान सोमबार सिडिओले गरेको हस्तक्षेपको कारण स्थगित गरेको हो । दुई दिन सन्चालन गरेको अभियानमा हेटौंडा, मकवानपुरका व्यापार व्यवसायीले उपलब्ध गराइएको आर्थिक तथा जिन्सी सहयोग नेकपाले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । जसमा नगद रु. त्रिसट्ठी हजार साठी रहेको छ । त्यस्तै विभिन्न किसिमका लत्ताकपडा १९ झोला रहेको छ भने विभिन्न साइजका ५ झोला जुत्ता चप्पल रहेको छ । त्यसैगरी २ झोला औषधी र एक कार्टुन पानी समेत उपलब्ध भएको छ ।

उपलब्ध राहत सामग्रीको विवरण प्रस्तुत गर्दै नेकपाका केन्द्रिय सदस्य तथा दक्षिण-पूर्व मकवानपुरका जिल्ला इन्चार्ज राम सीले दु:ख, पिडा र अन्यायमा परेका नागरिकको सहयोगका लागि नेकपा हर्दम तयार रहने र सक्दो पहल गर्ने बताए । साथै उनले मकवानपुरमा संकलित राहत सामाग्री सम्बन्धित स्थान जाजरकोट र पश्चिम् रुकुम पठाउन युवा संगठन नेपालका केन्द्रिय सचिवालय सदस्य तथा नारायणी व्युरो इन्चार्ज विवेक सीलाई जिम्मा लगाएका छन् । विश्वासका साथ सहयोगी व्यापार व्यवसायीले नेकपालाई उपलब्ध गराइएका उक्त राहत सामग्री लिएर बुधबार गन्तव्य तर्फ लाग्ने विवेक सीले बताए ।

यसरी नेकपा दक्षिण-पूर्व मकवानपुरको आयोजनामा संकलन गरिएको राहत सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनको सन्चालन नेकपा दक्षिण-पूर्व मकवानपुरका जिल्ला सेक्रेटरी विवेक सीले गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।