४ आश्विन २०८१, शुक्रबार

रवि र गगनले स्टन्ट गरेको ठाउँमा नेकपाको उद्दारसहितको स्वास्थ्य शिविर

0

जाजरकाेट: जाजरकोटका भूकम्प पीडित जनताको उपचार तथा उद्दारमा नेपाल कम्युनिस्ट पार्टी दक्षिण कर्णाली ब्युरो समिति खटिएको छ । जिल्लाको नलगाड नगरपालिका १ मा भूकम्पले चोटपटक लागेको तथा घाइते भएका जनताको चिकित्सकीय टोलीले उपचार र उद्दार गरिरहेको नेकपा दक्षिण कर्णाली ब्युरो समिति इन्चार्ज संगम सीले जनाएका छन् ।

नलगाड नगरपालिका १ चिउरी गाउँमा शिविर राखेर बिरामीको उपचार तथा भत्किएको घरहरुभित्र रहेका समान सार्ने लगायत जनतासँगको सहकार्यमा उद्दार कार्य गरिरहेको नेकपा जाजरकोट इन्चार्ज विराजन सीले बताए । सरकारले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने नाममा स्थानीय निकायले पार्टीका कार्यकर्तालाई मात्रै प्राथमिकता राखेको उनको भनाइ छ । नेता विराजनका अनुसार जाजरकोटको खलंगा र नलगाड गरी दुई ठाउँमा नेकपाको उद्दार टिम शिविर बसेको छ ।

सोही ठाउँमा कार्तिक २३ गते नेपाली कांग्रेसका महामन्त्री गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आएर स्टन्ट गरेर गएको स्थानीयको गुनासो छ । हिजो नलगाड नगरपालिका १ मा कार्यकर्ताको टोलीसहित पुगेको गगन थापाको टिमले एउटै ठाउँमा अस्थायी टहरा निर्माणको नमूना बनाउने नाममा झण्डै ४ घण्टा बसेका थिए । महामन्त्री थापा फोटो खिचाउँदै पत्रकारसँग बोल्दै फर्किएका थापाले जनतालाई अस्थायी टहरा बनाइदिने आश्वासन भने दिएका छन् । सभापति रवि लामिछानेले पनि सरकारले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने भएका कारण आफूहरुको हातमा केही नभएको बताउँदै फर्किएको एक स्थानीय युवाले बताए । तर सोही ठाउँमा नेकपा भने निरन्तर शिविरसहित खटिरहेको छ ।

नेकपाले कार्तिक १८ गते देखि २५ जनाको टिम इन्चार्ज संगम सीको नेतृत्वकोमा जाजरकोटमा खटेको छ ।

आजसम्म नेकपाले ३० वटा घरबाट सामान उद्दार गरिएको उद्दारमा रहेका नेकपा केन्द्रीय सदस्य हिमशिखर सीले बताए ।

अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव डा. प्रकाश सीको नेतृत्वमा जाजरकोटका रहेको स्वास्थ्य शिविरले जाजरकोटको नलगाड वडा नं. ५ रानीगाउँ र वडा न १ चिउरी गाउँ गरी २९८ भूकम्प पीडित घाइते बिरामीलाई उपचार गरिसकेको छ ।

नलगाड नगरपालिका वडा नं. १ का अध्यक्ष धन बहादुर महरले भूकम्पले २७ जनाको मृत्यु र वडाका लगभग सबै जसो घरहरु भत्किएको बताए । वडा अध्यक्ष महरका अनुसार राहत वितरणको कार्य भइरहेको र पीडित परिवारको व्यवस्थापनको लागि पहल भइरहेको छ ।

भूकम्प पीडित स्थानीय प्रसादे कामीका अनुसार वडाले वितरण गरेको राहत समान रूपले वितरण नभएको बताए । अरूले अस्थायी टहरा निर्माणको लागि त्रिपाल पाएपनि आफूले भने नपाएको गुनासो गरे । भूकम्पले सबैजसो घरहरु भत्किएपछि नलगाड १ का जनता चिसोमा पनि पालमा बस्न बाध्य छन् ।

जाजरकोटका पीडित परिवारको राहत स्वरूप नेकपा केन्द्रीय समितिले २५ क्विन्टल चामल र १ लाख दिने घोषणा गरेको छ ।

भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट नगरपालिका र कुसे गाउँपालिका भूकम्पले ठूलो संख्यामा मानवीय तथा भौतिक क्षति पुर्याएको छ ।

नोट : फिल्ड रिपोर्ट


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।