४ आश्विन २०८१, शुक्रबार

कालिकोटमा जनसभा केहीबेरमा सुरु हुदै, प्रवक्ता प्रकाण्डले सम्वोधन गर्ने

0

कालिकोट । जिल्लाको सदरमुकाम मान्ममा विशाल जनसभा केहीबेरमा सुरु हुदैछ । नेकपा मध्यकर्णाली ब्यूरो र नेकपा कालिकोटले आयोजना गरेको विशाल जनसभा केहीबेरमा सुरु हुन लागेको हो ।

जनसभामा सहभागी हुन गाउँ गाउँबाट सदरमुकाम मान्म आउनेक्रम सुरु भएको छ । जिल्लाका विभिन्न पालिकाहरुबाट नारा जुलुस सहित र्यालीहरु सदरमुकाममा आउन सुरु भएको बताईएको छ ।

जनसभालाई नेकपाका प्रवक्ता प्रकाण्ड सीले सम्वोधन गर्दैछन । जनसभालाई सम्वोधन गर्न नेकपाका प्रवक्ता प्रकाण्ड सी हिजो नै सदरमुकाम मान्म पुगिसकेका छन । विहान प्रवक्ता प्रकाण्डले विभिन्न व्यक्तिहरुसंगको भेटघाट तथा सहकारीको अवलोकन समेत गरेका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।