२६ पुष २०८१, शुक्रबार

महासचिव विप्लवलाई रोल्पा घर्तीगाउँमा बाजागाजासहित स्वागतपछि सर्वपक्षीय अन्तरक्रिया

0

रोल्पा: नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीलाई रोल्पाको घर्तीगाउँमा बाजागाजासहित भव्य स्वागत गरिएको छ । रोल्पाको घर्तीगाउँका स्थानीय जनतासहित पार्टीका नेता कार्यकर्ताले बाजागाजासहित भव्य स्वागत एवम् अभिनन्दन गरेका हुन् । घर्ती गाउँको बजार चोकबाट वडा नम्बर  २ को कार्यलयसम्म र्यालीसहित बाजागाजाले स्वागत गरेका थिए । महासचिव विप्लवको घर्तीगाउँ आगमनसँगै विभिन्न गाउँ ठाउँबाट जनताहरुको बाक्लो उपस्थिति रहेको थियोे । विप्लव सहित नेकपाका स्थायी समिति सदस्य विषम सी, अनिल सी, पिविएम आदर्श सी, विजय सी, असल सी लगायतका नेतृत्वलाई घर्तीगाउँमा स्वागतपछि सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
घर्तीगाउँमा आयोजित सर्वपक्षीय भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै विप्लवले देश थप अफ्ट्यारोमा पर्ने भन्दै सचेत हुन सबैलाई आग्रह गरेका थिए । विप्लवले देशलाई माया गर्ने शक्तिहरु एकजुट हुन आवश्यक रहेको जिकिर समेत गरेका छन् ।
विप्लवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय षड्यन्त्रले जनयुद्धका मुद्दा असफल भएको बताए । जनताका हातमा अधिकारी र न्यायको सुनिश्चितता हुन्छ भन्ने बुझाइका साथ जनयुद्ध लडेका जनताहरु अहिले झनै अफ्ट्यारोमा परेको भन्दै यसबाट मुक्त समाजवादले मात्रै गर्ने दाबी गरेका छन् ।
जताततै असन्तुष्टि छ, यसलाई समाधान गर्न सबै दलहरू एकजुट नभए मुलुक झन् जटिलता तर्फ जाने बताए ।


देशमा जातीय र धार्मिक लडाइँ मच्चाएर मुलुकलाई अस्थिरता तर्फ लैजाने कोशिश भईरहेको विप्लवको आरोप थियोे ।
सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा नेपाली काङ्ग्रेस,माओवादी केन्द्र,एकीकृत समाजवादी लगायत दलहरू र गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु,शिक्षक एवम् स्थानीय व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले राखेको प्रश्नको जवाफ दिदै महासचिव विप्लवले अब पार्टी मात्रै नभएर देश र जनतालाई केन्द्रमा राखेर सोच्नुपर्ने बताएका छन् ।
सर्वपक्षीय भेटघाट पछि महासचिव विप्लव आईतवार साझ सदरमुकाम लिवाङ पुगेका थिए । स‍ोमबार सदरमुकाम लिवाङमा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।