४ आश्विन २०८१, शुक्रबार

भीमदत्त पन्तको सालिक तोडफोड विरुद्ध युवा संगठन नेपालको विरोध प्रदर्शन

0

कञ्चनपुर । किसान क्रान्तिकारी नेता सहिद भीमदत्त पन्तको सालिक तोडफोड बिरुद्धमा नेकपा निकट युवा संगठन कञ्चनपुरले बिरोध प्रर्दशन गरेको छ । बुधबार दिउँसो कञ्चनपुर युवा संगठनले सहिद भीमदत्त पन्तको सालिक तोडफोड बिरुद्धमा बिरोध प्रर्दशन तथा खबरदारी कार्यक्रम गरेको हो ।

सालिक तोडफोड गरिएको स्थानदेखि मदनचोकसम्म बिरोध प्रर्दशन गर्दै जनताको छोरो किसान नेता सहिद भीमदत्त पन्तको सालिक तोड्ने कार्य अति नै अराजनीतिक गतिबिधि भएको युवा संगठनले बताएको छ ।

राजावादीले भिमदत्तको नाम मेटेको ठाउँमा युवा संगठनको सांकेतिक नाम लेखेको छ । गत शुक्रबार राप्रपाका नेता कार्यकर्ताहरुले महेन्द्रनगरको भीम बाटिकाभित्र रहेको भिमदत्तको सालिक तोडफोड गरेका थिए ।

सहिद भीमदत्त पन्तकै नामबाट राखिएको साईनबोर्ड समेत मेटेका थिए । सोही पार्कको गेटमा रहेको साइनबोर्डमा युवा संगठनले सहिद भीमदत्त पन्तको नाम लेखेको छ ।

नेकपा निकट युवा संगठनका केन्दीय निबर्तमान उपाध्यक्ष दिनेश सीले किसान नेताका छोरा सहिद भीमदत्त पन्तको सालिक तोडफोड गर्नु निन्दनीय रहेको बताए । उनले कथित राजावादी समुहले सहिद किसान नेताको भीमदत्त पन्तको सालिक तोडफोड गर्ने अराजक कार्यमा संलग्न गिरोहमाथि कार्बाही गरिनु पर्ने माग गरे ।

विरोध तथा कोण सभामा नेकपा कञ्चनपुरका इन्चार्ज विराट सीले जनताको मुक्तिका लागि संघर्ष गरेका किसान नेताको सालिक माथि तोडफोड गर्नु सहिद भीमदत्त पन्तको अपमान रहेको बताए ।

जिल्ला इन्चार्ज बिराटले सहिदको अपमान गर्ने गरी सालिक तोडफोड गर्दा समेत भीमदत्त पन्तकै नामबाट गुजारा चलाईरहेको सरकार र त्यसका नेताहरु मौन रहेको बताए ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।