६ जेष्ठ २०८१, आईतवार

कैलालीमा नेकपाको ६ दिने पार्टी स्कुलिङ्ग सुरु

0

कैलाली । नेपाल कम्युनिष्ट पार्टीले कैलालीमा बुधबारबाट विद्यागत ६ दिने पार्टी स्कुलिङ्ग सुरु गरेको छ । नेकपा महाकाली ब्यूरो र नेकपा सेती ब्यूरोले संयुक्त रुपमा विद्यागत ६ दिने पार्टी स्कुलिङ्ग आयोजना गरेका हुन ।

स्कुलिङ्गको बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरि उद्घाट गरिएको छ । पार्टी स्कुलिङ्गको उ्घाटन कार्यक्रममा प्रमुख अतिथि नेकपाका स्थायी समिति सदस्य तथा स्कुलिङ्ग विभागका इन्चार्ज प्रमुख प्रशिक्षक भरत सीले सम्वोधन गर्दै पार्टी स्कुलिङ्ग विद्यागत ज्ञानका लागि महत्वपूर्ण हुने बताए ।

उनले क्रान्तिकारी पार्टी बनाईरहन र क्रान्ति पुरा गर्न सैद्धान्तिक ज्ञान अनिवार्य लिनुपर्ने बताए । स्कुलिङ्गले पार्टीको विचारलाई धारिलो पार्ने पनि बताए ।

उद्घाटन कार्यक्रममा नेकपाका पिविएम तथा प्रशिक्षक ध्रुव सी, नेकपाका पिविएम तथा प्रशिक्षक असल सी, नेकपा सेती  ब्यूरो इन्चार्ज तथा प्रशिक्षक डबल सी, नेकपाका केन्द्रीय सदस्य तथा प्रशिक्षक प्रयास सी, नेकपाका महाकाली व्यूरो इन्चार्ज समर सी, कैलाली जिल्ला इन्चार्ज प्रकाश सी लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

पार्टी स्कुलिङ्गमा सेती तथा महाकाली ब्यूरोका १४ जिल्लाका इन्चार्ज तथा सेक्रेटरीहरुको सहभागिता रहेको छ ।

स्कुलिङ्गमा दर्शन र पार्टीका संश्लेषणकाबारे १० पिरियट भरत सी, अर्थशास्त्रकाबारे ८ पिरियट ध्रुव सी,बैज्ञानिक समाजवादकाबारे ७ पिरियट डबल सी, विज्ञान ५ पिरियट असल सी र भौतिक विज्ञान ५ पिरियट प्रयास सीले विद्यागत कक्षा लिनेछन ।

नेकपाका केन्द्रीय स्कुलिङ्ग विभागका इन्चार्ज तथा स्थायी समिति सदस्य भरत सीले विद्यागत कक्षा ३५ वटा हुने र ४ वटा पिरियट श्रमकार्य गरी कुल ६ दिन सम्म ३९ वटा पिरियट संचालन हुने जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।