४ आश्विन २०८१, शुक्रबार

अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन केन्द्रित अभियान सुरु

0

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले आजबाट उपत्यकामा राष्ट्रिय सम्मेलन केन्द्रित अभियान संचालन गरेको छ ।
आजबाट सुरु भएको अभियानमा अभियान टोली त्रिभुवन विश्वविद्यालय, क्याम्पस जिल्ला, भक्तपुर, CTEVT बाट सुरु गरेको हो ।


त्रिभुवन विश्वविद्यालयमा भएको भेटघाट तथा छलफलमा संगठनका अध्यक्ष प्रकाश सीको सहभागिता रहेको थियो भने क्याम्पस जिल्लाको अभियानमा संगठनका उपाध्यक्ष नरेन्द्र सी यस्तै CTEVT को अभियानमा संगठनका मध्य कमाण्ड इन्चार्ज मदन सीको सहभागिता रहेको थियो ।
अभियानमा अबको विद्यार्थी संगठनहरुको भुमिका कस्तो हुने, युवा विद्यार्थीहरुको दायित्व के हुने ? नेपालको शिक्षा प्रणाली सुधार गर्न युवा विद्यार्थीहरुले कस्तो भुमिका निर्वाह गर्नु पर्ने भन्ने विषयमा प्राध्यापक, शिक्षक विद्यार्थीहरुसंग सुझाव पनि लिइरहेको संगठनका केन्द्रिय सचिवालय सदस्य तथा त्रिभुवन विश्वविद्यालय ब्यूरो इन्चार्ज अनिल सीले बताए । साथै उनले अभियान उत्साहजनक ढंगले अगाडि बढेको बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।