४ आश्विन २०८१, शुक्रबार

नेकपाद्धारा पूर्वी नारायणी व्यूरोका जिल्लामा पनि न्यायधीस ज्ञवालीको पुत्ला जलाईयो

0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले पूर्वी नारायणी व्यूरोका जिल्लाहरुमा न्यायधीस कमल प्रसाद ज्ञवालीको पुत्ला जलाएको छ ।

नेकपाले पर्सा,वारा,सर्लाही र रौतहट लगायतका जिल्लाहरुमा पुत्ला जलाएको हो । न्यायधीस ज्ञवालीले नेकपाका नेताहरु माथि पक्राउ पूर्जी जारी गरेको विरुद्ध नेकपाले पुत्ला जलाएको जनाएको छ ।

पर्साको वीरगंजमा नेकपाले पुत्ला जनाएको छ । नेकपाका कार्यकर्ताले चर्का नारावाजी गर्दै पुत्ला जलाएको हो । यस्तै नेकपाले रौतहतमा पनि पुत्ला जलाएको छ ।

पुत्ला जलाएपछिको कोण सभामा नेकपाका व्यूरो इन्चार्ज रक्तिमले पक्राउ पूर्जीको कडा विरोध गरे । पुत्ला दहनमा जिल्ला ईन्चार्ज शिव संकर सी र रौतहट सेक्रेटरी जितेन्द्र सीको पनि उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।