२२ पुष २०८१, सोमबार

नेकपा जिल्ला नम्बर १ को स्कुलिङ्ग सम्पन्न, अदालतको प्रतिगामी कदमको प्रतिरोध गर्न भृकुटीको निर्देशन

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी जिल्ला नम्बर १ को जिल्ला सदस्यहरुलाई संगठन निर्माण तथा परिचालन सम्बन्धीत स्कुलिङ्ग सम्पन्न भएको छ। सनिबार काठमाडौँको चारखालस्थित टाइम्स कलेजमा जिल्लाका जिम्बेवार जिल्ला सदस्यहरुको उपस्थितिमा संगठन निर्माण तथा परिचालन सम्बन्धीत स्कुलिङ्ग सम्पन्न भएको हो।

नेकपा काठमाडौँको हरेक महिना जिल्लाका जिम्मेवार सदस्यहरुको क्षामता विकाशका लागि फरक फरक विधामा स्कुलिङ्ग दिने योजना अनुरुप आजबाट संगठन निर्माण तथा परिचालन सम्बन्धीत स्कुलिङ्ग गरिएको काठमाडौँ जिल्ला नम्बर १ ले जानकारी दिएको छ ।

काठमाडौँ जिल्ला नम्बर १ का सेक्रेटरी दिपक सीको अध्यक्षता तथा संचालनमा सुरु भएको स्कुलिङ्ग कार्यक्रममा नेकपाकी केन्द्रिय सदस्य तथा जिल्ला नम्बर १ की इन्चार्ज भृकुटी सीले जिल्ला सदस्यहरुलाई संगठन निर्माण तथा परिचालन सम्बन्धीत प्रसिक्षण दिएकी थिइन्।’

स्कुलिङ्ग कार्यक्रमकी प्रमुख अतिथी तथा प्रमुख प्रशिक्षक भृकुटीले संगठन भनेको के हो ? लेनिनवादी संगठनात्मक पद्धती कस्तो हुनुपर्छ ? पार्टी संरचना अनुसार कुन कमिटी कसको मातहतमा हुन्छ, पार्टी सदस्य बन्न पुरा गर्नुपर्ने सर्तहरु के के हुन्, माओले भन्नुभएको कम्युनिस्ट पार्टीका सदस्यहरुले ध्यानदिनुपर्ने ८ कुराहरु,राज्यसत्ताको प्रवृती, पार्टी संगठनमा माओका योगदान, संगठन परिचालनका बिधी तथा पार्टीले नवौं महाधिवेसनबाट सस्लेशण गरेको पार्टी निर्माण र परिचालन सम्बन्धी नयाँ बिधी र अहिलेको प्रधान अन्तरविरोधको बिषयमा मसिनो गरि प्रशिक्षित गरिन्।’

कार्यक्रमको अन्त्यमा नेत्री भृकुटीले आफ्नो पार्टीले जनताको पक्षमा दलाल भ्रस्ट तस्कर माफियाहरुको बिरुद्धमा गरेको प्रतिरोधबाट अतालिएर पार्टीका सिर्सस्थ नेता महासचिव विप्लव, प्रकाण्ड लगाएतका नेताहरुमाथि प्रतिगामीहरुले नेकपाको बिरुद्धमा २०७६ सालको मुद्धा ब्युताएर देशलाई फेरी मुटभेटतर्फ लान उद्दत भएको भन्दै अदालतको प्रतिगामी कदमको ससक्त प्रतिरोधमा उत्रन समेत निर्देशन दिइन्।

कार्यक्रममा नेकपा जिल्ला नम्बर १ अन्तरगतका पार्टी जवसको उत्साहजनक उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।